'बर्दियाबाट २७ ग्राम ब्राउन सुगर सहित पक्राउ'

५ वर्ष अगाडि

बर्दिया । बर्दिया (गुलरिया) मा लागु औषध ब्राउन सुगर सहित एक कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा नेपालगंजबाट लागू औषध ब्यूरो र बर्दिया प्रहरीको संयुक्त टोलीले गुलरिया बजार सहिद पार्क नजिकैबाट बा ८५ प ९८२८ नम्वरको बुलेट मोटरसाइकल सहित गुलरिया नगरपालिका–२ खैरापुरका ३५ वर्षीय अकलेश यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यादवको मोटरसाईकल रोकी प्रहरीले खानतलासी गर्दा लागु औषध बरामद भएको हो । प्रहरीले खानतलासी गर्दा यादवको साथबाट ३० वटा साना–साना पुरिया बनाई राखेको लागु औषध ब्राउन सुगर प्रहरीले फेला पारेको हो । उनको साथबाट २७ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर र एक मोबाईल समेत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका यादव लागु औषधको कारोबारी रहेको खुल्न आएको डिएसपी हेम बहादुर शाहीले बताए । यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको शाहिले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु