'विद्यालयस्तरमा ललितकलाका विषय पढाउने तयारी हुदै बुटवलमा'

५ वर्ष अगाडि

बुटवल उपमहानगरपालिकाले पालिकास्तरमा मलुक मै नौलो र पहिलो कार्यक्रमका रुपमा विद्यालय तहमा ललितकला विषयका समेत कक्षा सञ्चालनको तयारी गरेको छ । यसका लागि विज्ञहरु सम्मिलित कार्यदल गठन गरेर आवश्यक अध्ययन र व्यवस्थापनको काम भइरहेको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।

विद्यालय तहदेखि नै बालबालिकामा ललितकला सम्बन्धीको अभिरुचिलाई अवसर प्रदान गर्ने गरी अवधारणा बनाइएको प्रमुख सुवेदीले बताउनुभयो । डा.तिलक भुसालको सांयोजकत्वमा गठित १५ सदस्यीय विज्ञहरुको कार्यदलले प्रारम्भिक प्रतिवेदनमा आज सुझाव संकलन गरेको छ । उक्त अवसरमा प्रमुख सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी, डा.मुरारी पराजुली, अजित खनाल लगायतले सुझाव प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो