'पारस खड्काले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा'

५ वर्ष अगाडि

काठमाडौं । नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी तथा पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

सामाजिक सन्जाल फेसबुकमार्फत उनले समर्थक र सरोकारवालालाई सम्बोधन गरी अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । उनले नेपालका लागि खेल्नु आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धी भएको बताएका छन् ।

सन् २००२ मा १५ वर्षको उमेरदेखि नै क्रिकेट सुरु गरेको स्मरण गर्दै पारसले यो यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, खेलाडी, प्रशंसक, मिडियाकर्मी, अफ्नो परिवार र साथीहरुप्रति ऋणी रहेको बताएका छन् । आफ्नो सन्यास घोषणा वक्तव्यमा उनले नेपाल क्रिकेट संघ (क्यान) को नाम कतै उल्लेख गरेका छैनन् । केवल सरोकारवाला भनेका छन् ।

उनले भनेका छन्, ‘क्रिकेटरका रुपमा मैले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ । मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नत्ति हो । तर, यसका लागि सम्पूर्ण क्रिकेट समान र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारीताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि नयाँ उचाईमा पुर्‍याउनेछौं ।’

उनले अन्तर्राष्ट्रिय क्रिकेटरको रुपमा आफ्नो यात्रा टुंगिए पनि नेपाली क्रिकेटको विकासका लागि आफ्नो सपना भने अझै बामे सर्दै गरेको बताएका छन् । उनले टिमबाहिर रहे पनि क्रिकेटकै लागि जीवन अर्पित गर्ने बताएका छन् ।

करिव डेढ दशकदेखि राष्ट्रिय टोलीबाट खेलिरहेका पारसले सन् २००९ देखि १० वर्षसम्म राष्ट्रिय टोलीको कप्तानी सम्हालेका थिए । सन् २०१९ मा उनले कप्तानबाट राजीनामा दिएपछि ज्ञानेन्द्र मल्ल नयाँ कप्तान बनेका छन् ।

उनको कप्तानी समयमा नेपाली क्रिकेटले थुप्रै सफलता हासिल गरेको थियो । सन् २०१० मा डिभिजन ५ खेलेको नेपाली टोलीले तीन वर्षको अन्तरमा डिभिजन टू मा पुगेर सन् २०१४ मा ट्वान्टी-२० विश्वकपसमेत खेलेको थियो ।

नेपालले सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । उनी नेपाली क्रिकेटका सबैभन्दा सफल खेलाडी पनि हुन् । उनले नेपालले खेलेका सबै स्वरूपकाे क्रिकेटमा शतक प्रहार गरेका छन् ।

सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेबारीमा समेत थिए । आफ्नो करिअरमा सफल रहे पनि उनको सम्बन्ध क्रिकेट संघसँग भने सुमधुर हुन सकेकाे थिएन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत