'सर्बोच्चले सोध्यो लुम्बिनी प्रदेश सांसद न्यौपाने र पन्थीलाई हटाउनुको कारण'

५ वर्ष अगाडि

बुटवल, साउन १७ । सर्बाेच्च अदालतले लुम्विनी प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनु पर्ने कारण सोधेको छ।

एमाले प्रवेश गरेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरीएका उनीहरु आफुहरुलाई बिनाकारण हटाईएकोले पुर्नवहालीको माग गर्दै साउन ७ गते सर्बोच्च अदालतमा निवेदन दिएका थिए।

आज भएको प्रारम्भिक सूनुवाई पछि सर्बोच्च अदालतका माननीय न्यायधिस आनन्द मोहन भटराईको ईजलासले उनीहरुलाई हटाउनुको कारण माग गर्दै भदौं ८ गते दुवै पक्षलाई बोलाएको निवेदकका कानून ब्यवसायी ईश्वरी भटराईले बताए।

दधिराम न्यौपाने र दिनेश पान्थीले आफुहरुलाई नेपालको संबिधान र नेकपा माओवादी केन्द्र संसदीय दलको बिधान बिपरीत हटाईएको भन्दै सर्बोच्च अदालतमा साउन ७ गते निवेदन दिएका थिए।

माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्ण बहादुर घर्तीले रुपन्देहीको क्षेत्र नं १ ख र गुल्मीको क्षेत्र नं २ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनीहरुलाई दुवै जनाको सांसद पद रिक्त भएको जानकारी दिएका थिए ।

निवेदकहरुले तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको संयुक्त घोषण पत्रका आधारमा निर्वाचनमा लडेकोले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने जिकिर गरेका थिए ।

गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि दुवैजनालाई मााओवादी छाडेर एमालेमा सक्रिय रहेको भन्दै प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो।

निवेदकहरुले नेकपा माओवादी केन्द्र, लुम्विनी प्रदेश प्रदेशसभा सचिवालय, लुम्विनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई बिपक्षी बनाई पुर्नवहालीको माग गर्दै निवेदन पेश गरेका थिए।

निवेदकहरुको तर्फबाट अधिवक्ता भटराई संगै बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बिजयकान्त मैनाली शुरेन्द्र कुमार महतो,दल बहादुर धामी, डा.नारायण बेलवासे लगायतले बहस गरेका थिए भने नेकपा माओवादी केन्द्रको तर्फबाट बरिष्ठ अधिवक्ताद्धय रमणकुमार श्रेष्ठ र मुक्ती प्रधानले बहस गरेका थिए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी