'नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित'

१ दिन अगाडि

नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर)देखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका सरुवा रोकिएका छन् ।

सामान्यतया इन्चार्ज सम्हालेको एक वर्ष पूरा भएपछि सरुवा हुने प्रावधान रहे पनि अहिले एक वर्षभन्दा बढी कमान्ड भइरहँदा पनि सरुवा हुन सकेको छैन ।

इन्स्पेक्टरले कमान्ड गरेका इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय तथा प्रभागहरू अहिले एक वर्ष बढी हुँदा पनि सरुवा हुन सकेका छैनन् । त्यस्तै डीएसपीले कमान्ड गरेका जिल्लाहरू, वृत्त तथा इलाकाहरूमा पनि अहिलेसम्म सरुवा हुन सकेको छैन ।

एसपीले कमान्डले गर्ने जिल्ला तथा गणहरूको पनि सरुवा रोकिएको छ । एसएसपीको पनि सरुवा तयारी गरिए पनि अहिलेसम्म सरुवा हुन सकेको छैन ।

शेयर सम्बन्धी विवादमा आएपछि सुधन गुरुङले गृहमन्त्रीबाट राजिनामा दिएका थिए । त्यसयता गृह मन्त्रीको समेत जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले सम्हालिरहेका छन् । एसपीसम्मको सरुवा अधिकार प्रहरी नियमावलीले प्रहरी प्रमुख (आईजीपी) लाई दिएको छ ।

तर मन्त्रीको कारण देखाउँदै अहिले प्रहरीको सरुवा रोकिएको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट एसएसपी र डीआईजीको सरुवा हुन्छ । त्यस्तै अहिले केही एसएसपीहरूको सरुवाको चर्चा पनि सुरु भएको छ ।

काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ जस्ता कार्यालयहरू एसएसपीका लागि आकर्षक मानिन्छन् ।

ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको एक वर्ष पूरा हुन केही दिन बाँकी छ । तर काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालयका एसएसपीको भने एक वर्ष पूरा भएको छैन । पछिल्लो ५र७ वर्षको तथ्यांक केलाउने हो भने काठमाडौंमा एक वर्ष पूरा गर्ने एसएसपी पाउन मुस्किल छ ।

६ महिना पूरा हुनुलाई नै सफलता मान्ने चलन काठमाडौं । जेनजी आन्दोलनपछि लथालिंग बनेको काठमाडौंको कमान्ड एसएसपी रमेश थापाले समातेका थिए । त्यसयता अहिले एउटा लयमा प्रहरी फेर्केको बताइएको छ ।

आकर्षक मानिएका यी ठाउँहरुको कमान्डका लागि एसएसपी दयानिधि ज्ञवाली, दिलिप घिमिरे, अजय केसी, प्रवीण धिताल, सुरेश काफ्ले, सुवास बोहोरालगायत एसएसपीहरूको चर्चा गरिएको छ ।

चुनावी सुरक्षा योजना, इन्टेलिजेन्स र जेनजी आन्दोलनमा ज्ञवालीमा उत्कृष्ट काम गरेका थिए । उनी अहिले कार्य विभागमा छन् । संघीय राजधानीलाई सुरक्षाका हिसाबले निकै चुनौतीपूर्ण मानिन्छ । ज्ञवालीजस्तै घिमिरे, केसी लगायतले आ–आफ्नो दाबी राखेका छन् ।

काठमाडौं नपाएको अवस्थामा अन्य युनिटको इन्चार्जका लागि उनीहरूको लबिइङ तीव्र छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

श्रममन्त्रीले सवारी चालक पदमा नियुक्ति दिएका मुस्तकिम अपहरण आरोपमा पक्राउ

सुनको भाउ फेरि ३ लाख नाघ्यो, एकैदिन तोलामा ४४ सय रुपैयाँ वृद्धि

पुतलीबजार–४ का वडा अध्यक्ष शिवबहादुर थापा मानव बेचबिखन आरोपमा पक्राउ

राजनीतिक गतिविधिमा संलग्न कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य बनाउने सरकारी नीति

मकवानपुरमा ब्रेक फेल हुँदा इभी दुर्घटना : भारतीय नागरिकसहित ९ जना घाइते

भक्तपुरमा साढे एक किलो चाँदीसहित एक जना पक्राउ

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर