मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले अमेरिकाविरुद्ध शानदार शतक प्रहार गरेका छन् ।
आज जारी अभ्यास खेलमा नेपाल ‘ए’ बाट खेलिरहेका जोराले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिँदै शतक प्रहार गरेका हुन् ।
मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलो ब्याटिङ गरिरहेको छ । चौथो नम्बरमा आएका जोराले ११३ बलमा १११ रन बनाएर आउट भए । अघिल्लो म्याचमा उनले स्कटल्यान्डविरुद्ध ८३ रन बनाउँदै अविजित रहेका थिए । वर्षाका कारण सो म्याचमा नेपालले पूरा ओभर ब्याटिङ गर्न पाएको थिएन ।
आज भने जोराले आफ्नो शतकको भोक पूरा गरे । उनी ४२ औँ ओभरको अन्तिम बलमा आउट भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0