'विवादका कारण रातभर गणना सुरू भएन रूपन्देहीका तिनवटा क्षेत्रमा'

३ वर्ष अगाडि

रूपन्देहीका ५ वटै क्षेत्रमा आइतबार रातीबाट नै मतगणना गर्ने तयारी गरिए पनि ३ क्षेत्रमा विवादका कारण गणना सुरू गर्न ढिलाई भएको छ । निर्वाचन कार्यालयले विवाद समाधानको पहल गरेपनि समाधान भएको छैन ।

रूपन्देहीमा क्षेत्र नं २, ३, र ५ मा मतपेटिका गणस्थलमा लैजाने समया सहमति नगरी लगिएको, शीलबन्दी तोडिएकोलगायतका विषयमा विवाद भएको थियो । रूपन्देही २ मा प्रतिनिधि सभाका उम्मेदवार सुन्दर वासीले रातभर जागराम बसेपनि सुरू हुन नसकेको जानकारी दिए ।

निवार्चन कार्यालयका प्रवत्ता टेकराज पन्थीका कारण केही क्षेत्रमा विवादका कारण गणना सुरू नभएको र अहिले दलीय सहमति गरेर अगाडि बढ्ने तयारी भएको छ । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ५ स्थानमै अलग अलग मतगणना गर्न लागिएको छ ।

यसअघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाम भैरहवामा गरिँदै आएको थियो । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा, ४ को मझगावा मावि मर्चवारमा र ५ को गैडहवा गाउँपालिकाको नयां प्रशासनिक भवनमा हुनेछ । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी