'विहिवारको नेप्से परिसूचकमा २५ दशमलव ५७ अंकले वृद्धि'

३ वर्ष अगाडि

आज विहिवार कारोवारको अन्तिम दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अंकले उकालो लागेर १ हजार ९३६ दशमलव ८३ मा पुगेको छ । निर्वाचनको माहोल अन्तिम चरणमा पुगेसँगै नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ४९ अंकले उकालो लागेर ३८१ दशमलव ०६ मा पुगेको छ । कूल २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर १ अर्ब ७१ करोड ५४ लाख १९ हजार २८६ बराबरको कारोबार भयो ।

बिहीवारको कारोबारपछि बजार पूँजीकरण २७ खर्ब ८६ अर्ब २ करोड ३४ लाख ५१ हजार ३८७ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्य उकालो लागेको छ । कारोबारका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ रुपैयाँ बराबरको कारोबार भयो ।

शिवम् सिमेन्ट १३ करोड ४० लाख २७ हजार २८८, हिमालयन डिस्टिलरी १० करोड २९ लाख ६३ हजार ८७३, फरवार्ड माइक्रोफाइनान्स ७ करोड ९० लाख ६५ हजार २७४ र हिमालयन पावर पार्टनर ६ करोड १३ लाख २६ हजार ८३२ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार सिकेलेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराई ७ दशमलव ५१, रिडी पावर कम्पनी ६ दशमलव ०३ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।

फरवार्ड माइक्रोफाइनान्स २ दशमलव ९७, इमर्जिङ नेपाल १ दशमलव ८७, तारागाउँ रिजेन्सी होटल १ दशमलव ६९, समता घरेलु लघुवित्त १ दशमलव ४० र युनिलिभर नेपालका लगानीकर्ताले ० दशमलव ९६ प्रतिशतले गुमाएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु