'आईसीसीले नेपाललाई दियो २०२७ को यू-१९ महिला विश्वकप क्रिकेट आयोजक राष्ट्रको मान्यता'

३ वर्ष अगाडि

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२४ देखि २०२७ सम्मको आईसीसी यू-१९ प्रतियोगिता सञ्चालन गर्न नेपाल सहित विभिन्न देशलाई आयोजक राष्ट्रको रूपमा मान्यता दिएको छ ।
आईसीसीले २०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू-१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।
यसैक्रममा नेपालले २०२७ को यू-१९ महिला विश्वकपको सहआयोजकको अवसर पाएको छ ।

२०२७ मा नेपाल र बंगलादेशलाई संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजनाको मान्यता दिइएको हो ।

आईसीसीको बोर्ड बैठकको निर्णयअनुसार २०२४ को यू-१९ पुरुष विश्वकप श्रीलंका, २०२६ को संस्करण जिम्बाबे र नामिबियामा आयोजक हुनेछन् ।
त्यस्तै आईसीसीको बोर्ड बैठकले नेपालसहित बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड, जिम्बावे र नामिवियालाई सन् २०२४ देखि २०२७ सम्मका आईसीसी यू–१९ प्रतियोगिताको जिम्मा दिने निर्णय गरेको हो ।

जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुने छ । त्यसअघि सन् २०२५ को प्रतियोगिता भने मलेसिया र थाइल्याण्डले आयोजना गर्ने छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते