'पुर्णिमा लामाको स्वरमा रुपै मोहनी सार्वजानिक'

४ वर्ष अगाडि

काठमाडौं // कोईलीको झैँ मिठो स्वरकी धनी चर्चित गायिका पुर्णिमा लामाको स्वरमा भर्खरै मात्र रुपै मोहनी एल्बम सार्वजानिक भएको छ । चर्चित गायिका पुर्णिमा लामा र पुष्पराज बसेल को स्वरमा रहेको यस एल्बममा राम कृष्ण महराको शब्द, भिम बि. सी.,को संगीत र संगीत संयोजन आमोस तामाङ को रहेको छ ।

जि.बी अग्री को निर्देशनमा तयार भएको उक्त एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका हुन । दिपक एम सिंह को नृत्य निर्देशन मा रहेको उक्त एल्बम्मा महेश खडका र बि. डि शाहको अभिनय रहेको छ भने उक्त एल्बम ओ एस आर युटुब च्यानल बाट सार्वजानिक गरिएको हो । संगीत क्षेत्रकी एक चिर परिचित् गायिका पुर्णिमा लामाले कलिलो उमेरदेखी नै गीत संगीत क्षेत्रमा महत्वपूर्ण योग्दान दिदै डेढ दशक देखी निरन्तर गीत संगीत क्षेत्रमा कृयाशिल रहेको छ । चर्चित गायिका पुर्णिमा लामा ले हाल सम्मा झन्डै ४–५०० भन्दा बढी गीत गाई सकेकी छिन् । चर्चित गायिका लामा को योगदान ले नेपाली गीत संगीत क्षेत्रलाई थप उच्चाईमा पुर्‍याउन महत्वपुर्ण भुमिका रहेको छ भने लामा एक असाधरण क्षमताकी खानी हुन।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु