'प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बुटवल उपमहानगर इकाईद्वारा “योग र ध्यान विशेष एक दिवसीय अभ्यास वर्ग” सम्पन्न'

४ वर्ष अगाडि

रुपन्देही  // प्राज्ञिक विद्यार्थी परिषद् नेपाल बुटवल उपमहानगर इकाईद्वारा “योग र ध्यान विशेष एक दिवसीय अभ्यास वर्ग” सम्पन्न भएको छ । नगर अध्यक्ष मेघनाथ खनालको अध्यक्षता र बुटवल उपमहानगरपालिकाको उप प्रमुख सावित्रादेवि अर्यालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।

संविधान दिवसको अवसर पारेर भएकाे उक्त कार्यक्रममा बुटवलका क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सहभागी रहेका थिए । कार्यक्रममा परिषद् का लुम्बिनी प्रदेश उपाध्यक्ष विकास श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो जसमा ५५ जना विद्यार्थीले योग तथा ध्यान विशेष प्रशिक्षण लिएका थिए ।

कार्यक्रमले योग र ध्यानको अभ्यास एवं ज्ञान अभिवृद्धि हुने, अध्ययनमा राम्रो प्रतिफल हासिल गर्न सकिने, व्यवहारिक कुराको सिकाई हुने कार्यक्रमकाे उद्येश्य रहेकाे संस्थाका अध्यक्ष खनालले बताउनुभयो ।

सोही कार्यक्रममा बुटवल नगरको पुरानो समिती विघटन भई २१ सदस्यीय नयाँ बुटवल नगर एकाई समिती गठन भएको छ। जस्को अध्यक्षमा बुटवल कालिका क्याम्पसका प्रध्यापक बुद्धिराम चौधरी र सचीवमा गोविन्द न्याैपाने चयन भएका छन्।

नगर सचिब गोबिन्द न्यौपानेकाे स्वागत र प्रदेश सदस्य भावना दर्लामीकाे सञ्चालनमा सम्पन्न भएकाे कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका सह-क्याम्पस प्रमुख बिष्णु जोशी , प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय सचिब एवं लुम्बिनी र कर्णाली प्रदेश संगठन सचिव बाबुराम मरासीनी, परिषद् कि लुम्बिनी प्रदेश सचिव तिर्सना खराल , परिषद्का लुम्बिनी प्रदेश व्यवस्था प्रमुख सुभेन्द्र प्रसाद यादव , राष्ट्रिय कला तथा साहित्य प्रमुख बद्री प्रसाद भट्टराईकाे लगायतकाे सहभागिता रहेकाे थियाे ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो