'देवदह नगरपालिका -८ मा वडा स्तरीय बाल सञ्जाल गठन'

४ वर्ष अगाडि

रुपन्देही। रुपन्देहीको देवदह नगरपालिका -८ मा वडा स्तरीय बाल सञ्जाल गठन गरिएको छ । भेलाबाट स्पर्श राईको अध्यक्षतामा १५ सदस्य बाल संजाल गठन भएको हो ।

संजालको उपाध्यक्षमा प्रतिज्ञा डिसुजा , सचिवमा कृतिमा थापा, कोषाध्यक्षमा स्वेता घर्ती मगर र सह सचिबमा अनिषा सारु रहेका छन ।साथै सदस्यहरुमा विपिन भण्डारी, शिवानी सेन, समिक्षा काफ्ले, मिलन श्रेष्ठ, अभ्शा वली, ज्ञानुमाया सुनार, रोशनी राना निर्वाचित भएका हुन् । वडा बाल सञ्जालको संरक्षक वडा अध्यक्ष हरि पाण्डे र सल्लाहकार वडा सचिब राम प्रसाद शर्मा रहेका छन् ।कार्यक्रमका अध्यक्ष तथा देवदह नगरपालिका – ८ का वडा अध्यक्ष हरि पाण्डेले नव निर्वाचित वडा बाल संजाललाई वडा र आफ्नो व्यक्तिगत तर्फबाट बालबालिकाको क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । साथै कार्यक्रममा बोल्दै नेपाल बाल संगठन रुपन्देही जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराईले बाल सञ्जाललाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिनुभएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षकहरु र विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रम देवदह नगरपालिका वडा नं ८ का वडा सदस्य तथा न्यायिक समिती सदस्य कुन्ता खाम्चा मगरको स्वागत र वडा सचिब राम प्रसाद शर्माको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी