'देवदह नगरपालिकाद्धारा पचास प्रतिशत भत्ता कतौटी'

४ वर्ष अगाडि

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकाले कर्मचारीले पाउदै आएको प्रोत्साहन भत्ता ५०% ले कतौटी गरेको छ ।
देवदह नगरपालिकाले १३१ औ कार्यपालिका बैठकमा कर्मचारीको प्रोत्साहन भत्ता झन्डै ५०% कटौती गर्ने , कार्यसम्पादन मुल्यांकनका आधारमा प्रोत्साहन भत्ता पाउने भनी निर्णय गरेको हो ।

बैठकले नजिजन्य पदार्थ सम्बन्धि जिल्ला अनुगमन समितिको निर्णयलाई कार्यान्वयन गर्न वडा न १ का अध्यक्ष दिपक नेपालज्युको संयोजकत्वमा समिती गठन गरि कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ । त्यस्तै गणेश डुम्रे संयोज्कत्वमा देवदह नगरगान र नगर लोगो निर्माण समिती गठन गर्ने निर्णय गरेको छ । जस्को सह संयोजकमा दिपक नेपाल, सदस्यमा लक्ष्मी बिक, निर्मल ढुंगाना, यज्ञ न्यौपाने दिपक, सुशील सापकोटा, हिरा मणि शर्मा र विष्णु पोखरेल रहेका छन् ।

त्यस्तै वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मिको संयोजकत्वमा अटो रिक्सा संचालन तथा ब्यवस्थापन समिति गठन गरिएको छ। जस्को सदस्यमा गिता भण्डारी, कुमार दमाई र केशव राज राना रहेका छन् ।

साथै देवदह ९ कालिकाटोलका ७८ घरधुरिको अव्यवस्थित जग्गा नापजाँचको सबैकाम पूरा भएको हुदा जग्गा धनी पुर्जाको लागि रुपन्देही जिल्ला भुमि आयोगलाई सिफारिस गर्ने निर्णय समेत गरेको देवदह नगरपालिका वडा नं ५ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गणेश डुम्रेले जानकारी गराउनु भएको हो ।

यस अघि ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता लिदै आएका नगरपालिकाका कर्मचारीलाई अब कार्यसम्पादन मुल्यांकनका आधारमा २० देखि २५ प्रतिशत मात्रै प्रोत्साहन भत्ता दिने निर्णय भएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो