'युवा संघ अध्यक्ष पौडेलले जन्मदिनको अवसरमा लिए एक जेहेन्दार छात्राको शैक्षिक अभिभाकत्व'

४ वर्ष अगाडि

नेकपा (एमाले)का केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पाैडेलले रूपन्देहीको एक छात्रा झरना दर्लामीको शैक्षिक अभिवाकत्व लिएर जन्मदिन मनाएका छन् । उनले सामाजिक सञ्जाल मार्फत यस कुराको जानकारी दिँदै भनेका छन, ‘आज मेरो जन्मदिनको अवशरमा रुपन्देही, देवदह माविकी जेहेन्दार बिद्यार्थी झरना दर्लामीको स्कुल तथा उच्च शिक्षा अध्ययनका लागि आवश्यक सम्पूर्ण बन्दोबस्त सहितको शैक्षिक अभिवाकत्व ग्रहण गर्न पांउदा अत्यन्त खुशी छु ।’ पाैडेलले सोही विद्यालयका अन्य दुई जेहेन्दार बिद्यार्थीहरुको एक बर्षको शैक्षिक खर्च तथा सामाग्री सहयोग गर्ने काम गरेको पनि बताएका छन । पाैडेलले शुक्रबार उक्त विद्यालयको प्रांगणमा वृक्षारोपण समेत गरेका छन । उनले भनेका छन, ‘सामाजिक सेवाप्रतिको आफ्नो प्रतिबद्धता तथा श्रद्धेय अध्यक्ष क केपी शर्मा ओली तथा पार्टी स्पिरिटको व्याबहारिक कार्यान्वयनको यो सुनौलो अवशरको संयोजन गर्नुभएकोमा  सुमन पुरी,सुरज खरेल,बिकास गहतराज, ध्रुब खरेल,श्रद्धा कुंवर, भरत बोहोरा लगायत सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्दछु।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु