'देवदहमा आँखा शिविर सम्पन्न : ३१५ जना लाभान्वित'

४ वर्ष अगाडि

सुरज भट्टराई, देवदह । रुपन्देहीको देवदहमा लायन्स क्लब अफ देवदहको आयोजनामा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ ।लायन्स क्लब अफ देवदहको आयोजना र लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा देवदह नगरपालिका वडा नं. ५ स्थित लायन्स आँखा अस्पतालको प्रांगाणमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।

शिविरमा ३ सय १५ भन्दा बढिले आँखा परिक्षण गरेका आयोजक संस्थाको अध्यक्ष विष्णु ज्ञवालीले जानकारी दिनुभयो । शिविरमा १८ जना मोतिबिन्दुको बिरामी भेटिएका थिए। उक्त शिविरमा मोतीयाबिन्दु भएका बिरामीहरू लाइ ल्याब चार्ज बाहेक अप्रेसन चार्ज नलाग्ने क्लबका अध्यक्ष ज्ञवालीले बताए ।

शिवरमा बोल्दै प्रमुख अतिथी रहनुभएको देवदह नगरपालिकाको नगर उप-प्रमुख विद्या लक्ष्मी गुरुङले यस क्लबले समाजमा प्रत्यक्ष रुपमा फाईदा हुने काम गर्दै आएको भन्दै प्रशंसा गर्नु भएको थियो । आँखा शरीरको  महत्वपूर्ण अंग भएकोले यसको नियमित चेकजाँच र उपचार आवश्यक रहेको हुदा यो शिविरले स्थानीयलाई फाईदा हुने बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लब अफ देवदहको अध्यक्ष विष्णु ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक जसु पुनको स्वागत र सचिब गणेश क्षेत्रीको सञ्चालनमा भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

विकासप्रेमी खत्रीनै रुपन्देही एकको आशा र भरोसा हुन्ः मतदाता

रुपन्देही–१ मा चुनावी सरगर्मी: दधिराम न्यौपानेको पक्षमा बढ्दो जनलहर

देवदह ई.बो स्कूलमा सदनात्मक दोहोरी प्रतियोगिता सम्पन्न

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

जेष्ठ नागरिकको उपचार सरल बनाउने बोहराको प्रतिबद्धता, देवदहबाट ६५ जना राप्रपा प्रवेश

देवदहका विद्यालयहरूमा स्काउटको लहर: जनता र देवदह माविमा ८० विद्यार्थी दीक्षित

अब युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टि गर्नुपर्छः उम्मेद्वार खत्री