'एमाले रुपन्देहीद्धारा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखिकरण सम्पन्न'

४ वर्ष अगाडि

रुपन्देही । नेकपा (एमाले) रुपन्देहीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

भदौं ४ गते शनिवार शंकरनगर पार्टी कार्यालयमा सम्पन्न भएको उक्त कार्यक्रममा आजको राष्ट्रिय राजनीति र आगामी निर्वाचनको विषयमा पार्टीका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रशिक्षित गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपाध्यक्ष पौडेलले जनताको मतले विजयी हासिल गरेका जनप्रतिनिधिहरुले जनताको चाहना बमोजिम काम गर्न निर्देशन गर्नुभएको थियो । स्थानीय तहको कानुनले दिएको अधिकारको सिमाभित्र रहेर काम गर्न वहाँले आग्रह गर्नुभएको थियो । निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको सल्लाह र समन्वयमा आवश्यक कार्यहरु अगाडि बढाउन निर्देशन गर्नुभएको थियो ।

जनप्रतिनिधि शासक नभई जनताका सेवक भएकाले जनतासँग रुखो र नराम्रो ब्यवहार गर्ने छुट कसैलाई पनि नभएको बताउनुभएको थियो । जनप्रतिनिधिहरु कुनै डर धम्कीसँग नडराउन र कुनै भ्रम तथा षडयन्त्रका विरुद्ध शसक्त रुपले लाग्न निर्देशन गर्नुभएको थियो ।
रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य तथा पुर्व उपप्रधानमन्त्री पौडेलले नेकपा (एमाले) का विरुद्ध लागेको गठबन्धनलाई पानीको फोकाको रुपमा परिणत गराई जनताको ताजा जनादेशका साथ मंसिर पछि पुन केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने कुरा समेत बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज भुमिश्वर ढकालले पार्टी र जनप्रतिनिधिहरु बीचको अन्तर सम्बन्ध र कार्य प्रभावकारिताका विषयमा प्रशिक्षित गराउनु भएको थियो । त्यस्तै पार्टीका केन्द्रीय सदस्य, रुपन्देही सहइन्चार्ज तथा बुटवल उपमहानगरपालिकाका पुर्व नगर प्रमुख शिवराज सुवेदीले समृद्वि र समाजवादका आधार निर्माणमा स्थानीय तह र पार्टी दृष्टिकोणको बिषयमा प्रशिक्षित गर्नुभएको थियो । संविधान, स्थानीय तह सञ्चालन ऐन, नियमावली र कार्यविधिको विषयमा कानुनविद विष्णु खनालले प्रशिक्षण दिनुभएको थियो ।

नेकपा (एमाले) रुपन्देही जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न भएको उक्त अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा रुपन्देही जिल्ला कमिटीका पार्टी स्कुल विभाग प्रमुख युवराज घिमिरेले प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको उद्देश्य र औचित्यका वारेमा बताउनुभएको उक्त कार्यक्रमको सञ्चालन जिल्ला कमिटीका सचिव यज्ञ गैरेले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते