'अस्ट्रेलियामा नवीन, सुगम र आदेशको सांगितिक प्रस्तुती हुने'

४ वर्ष अगाडि

काठमाडौ। अस्ट्रेलियाबासीहरुको यस पटकको दशै तिहार संगितमय हुने भएको छ । नेपाली पप क्षेत्रका बहु चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेल संगै नेपाल आईडल सिजन ४ का प्रतियोगी आदेश पौडेलले यो बर्षको दशै तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउहरुमा आफ्नो सांगितिक प्रस्तुती दिने भएका छन ।

भर्सटाइल एजुकेसन एण्ड माइग्रेसनको प्रस्तुतीमा नेप सिन्ड्नी इभेन्ट्सद्वारा आयोजित हुने उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, केर्न्स, नियुक्यासल लगायतका ठाउँहरुमा हुने जानकारी काठ्माडौमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक युट्सल दाहालले दिएका हुन ।

अस्ट्रेलियामा केही बर्षपछि आफ्नो सांगितिक प्रस्तुती दिन लागेकोमा गायक नवीन के भट्टराई आफू उत्साहित भएको जानकारी दिए । गायक सुगमले पनि यो बर्षको ठूलो चाड संगीतमय हुनेमा आशा ब्यक्त गरे साथै आफ्ना नया तथा पुराना गीत सुनाउने बताए। आदेशले पनि आफ्नो पहिलो सांगितिक यात्रा दाईहरु सगै गर्न पाउँदा आफू निकै भाग्यमानी भएको र कार्यक्रमको लागि बढी नै उत्साही भएको बताए ।

कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम हप्ता सम्म हुने संभावना रहेलो कार्यक्रममा सम्योजक युट्सल दाहालले लिएका छन । साथै कार्यक्रम भव्य बनाउन सबैले साथ दिने उनले आशा पनि राखेका छन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते