'संघीय प्रणाली खराब होइन, पात्र खराब हुन : सभामुख घर्ती'

४ वर्ष अगाडि

रोल्पा । लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीमगरले संघीय प्रणाली खराब नभएको तर यसका नेतृत्वकर्ताहरुमा खराबी देखिएको बताउनुभएको छ । जसका कारणले गर्दा अहिले संघीता विरोधी आवाजहरु उठ्न थालेको उहाँको भनाई छ । रोल्पामा भएको पत्रकार भेटघाट कायर्यक्रममा उहाँले भन्नुभयोः–“ संघीय प्रणालीलाई सुधार गर्दै जाने हो तर हामी सबै जिम्मेवारी भएनौ भने हाम्रै कारणले नै असफल हुन सक्छ त्यसमा सबै जिम्मेवार बनौँ ।”

उहाँले नेपालको आमूल परिवर्तनका लागि गरिएको बलिदान, त्याग, तपस्याबाट संघीयता प्राप्त भएको बताउँदै संघीयताको आवश्यकता मात्रै नभएर अनिवार्यता नै भएको बताउनुभयो । अहिले संघीयता विरोधीहरुले संघीयता खारेजीको कुरा गरिरहेको जिकिर गर्दै यसका रक्षाका लागि सबै मिलेर प्रतिवाद गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः–“संघीयता आम नेपाली आमाका सन्तानहरुको बलिदान, राजनीतिक दलहरुको साझा आन्दोलनबाट आएको हो । त्यसैले संघीयता नयाँ शासन पद्धती भएकाले आवश्यकता छ, संघीयता विरोधीहरुले नै खारेज गर्न खोजेका छन् तर ती शक्तिको विरुद्धमा सबैले सचेत हुनुपर्दछ । ” उहाँले नेपालमा संघीयताको खारेजी होइन कि यसमा देखिएको समस्या तथा गलत प्रवितिलाई अन्त्य गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी