'एमाले लुम्बिनीको सांगठनिक रणनीति तयार'

४ वर्ष अगाडि

रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सुदृण पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपा एमाले विचार निर्माणका, सँगठन निर्माण र परिचालनका हिसावले संसारका अन्य सबै पार्टीभन्दा ब्यवस्थित र सुदृढ रहेको थियो, केही समययता पार्टी आफ्नै मौलिक अभ्यासबाट स्खलित हुन पुगेको संकेत देखिएका छन्’ गृहनगर बुटवलमा शनिबार पार्टी लुम्बिनी प्रदेशको नेतृत्वबीच उनले भने । एमाले प्रदेश कमिटीले आयोजना गरेको संगठन व्यवस्थापन तथा परिचालन कार्यशालामा नेता पौडेलले भने– ‘एमालेको सार्बभौमसत्ता एमालेका सदस्यमा निहीत रहेकोले सिद्दान्त, नीति र कार्यक्रम कार्यकर्ताले चाहेअनुसार नै हुने तर सिद्दान्तको बर्को ओढेर गुटवन्दी गर्ने अधिकार कसैसँग छैन ।’

आगामी निर्बाचनमा पार्टीलाई विजयी बनाउन विगतमा गरेका राम्रा कामलाई जनस्तरमा पुर्याउने, बिपक्षीले गरेका गलत कामको भण्डाफोर गर्ने र अन्तरपार्टी ब्यवस्थापन गर्ने काममा तत्काल लाग्न उनको निर्देशन थियो । ‘हामीले सरकारमा रहँदा दुरगामी प्रभाव पार्ने काम धेरै गरेका छौं, अरुले त्यसलाई आफैले गरेकोजस्तै गरी प्रचार गरेका छन्, हाम्रो नेतृत्वमा भएका ती कामलाई ब्यवस्थित ढंगले जनतामा लैजान जरूरी छ, यो तपाईहामी सबैको जिम्मेवारी हो’ उनले भने ।

स्थानीय चुनावमा एकलरुपमा काँग्रेस वा अरू कुनै पार्टी नेकपा एमालेसँग नलडेको बरू गठवन्धन लडेको स्मरण गराउँदै चौतर्फी घेराबन्दीका वीचमा सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको तथ्य उनले प्रस्तुत गरेका थिए । आगामी निर्बाचनमा कार्यक्षेत्रको सुझाव, जित्नसक्ने संभावना र जितिसकेपछि पनि उचित काम गर्ने ब्यक्तिलाई प्राथमिकता दिई टिकट वितरण गर्ने नीति रहेको उनको भनाइ थियो ।

एमाले केन्द्रीय सचिव तथा लुम्विनी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्माले सुधारको कुरा हरेक कमिटीबाट सुरू गर्नुपर्ने आबश्यकता रहेको बताए। उनले भने ‘हामी सवैजना स्थानीय निर्बाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेकोमा आत्मालोचित हुँदै आगामी निर्बाचनमा पार्टीको वहुमत दिलाउन सम्पूर्ण रूपले लाग्ने प्रतिबद्दता ब्यक्त गरेर अगाडि बढौं ।’

नेकपा एमाले केन्द्रीय संगठन विभागका प्रमुख खगराज अधिकारीले नेकपा एमाले योग्यतापूर्बक संगठन सञ्चालन गर्ने पार्टी रहेकोमा जोड दिदै यो पार्टीसंग अरू कसैको तुलना हुनै नसक्ने बताए । कमिटीहरूले निर्णय क्षमता गुमाएका कारण माथिल्लो कमिटीले निर्णय गर्नुपर्ने अवस्था आएकोले कमिटीहरूको निर्णय क्षमता वढाउन जरूरी रहेको उनको भनाइ थियो । उनले भने–‘समूहबाट आएका सुझावलाई कार्यान्वयनमा ल्याइने छ र त्यही आधारमा रणनीति बनाइने छ ।’

दुई दिने यो कार्यशालामा प्रदेशका सबै जिल्ला र प्रदेशका शीर्ष नेतृत्वहरुको सहभागिता रहेको थियो ।

यस्ता आए समूहगत सुझाव

यसअघि पहिलो दिन वनाइएका पाँचवटा समूहले समूहगत छलफलका निष्कर्षलाई प्रस्तुत गरेको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले जानकारी दिए । पार्टीलाई अनुशासित, विधिसम्मत र कमिटी प्रणालीलाई चलायमान् बनाउन जोड दिदै सवै समूहले विभिन्न सुझाव दिएका थिए।

‘प्रदेश कमिटीको अविलम्व अधिवेशन गर्नुपर्ने, आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने, कमिटीहरू छोटो छरितो बनाउनुपर्ने, अनुशासनलाई उपल्लो कमिटीबाट लागू गर्नुपर्ने, सदस्यता नविकरण गर्दा प्रशिक्षण कार्यक्रम नियमित गर्नुपर्ने हुन्छ’ सुझावमा उल्लेख छ ।

त्सैगरी पार्टीलाई समृद्दिको बाटोमा लैजाने भनेपछि तदनुसारका कार्यक्रमहरू बनाउने र हरेक कमिटीमा यस बिषयमा छलफल चलाउनुपर्ने, कार्यकर्तालाई स्वरोजगार सृजना गर्नेतर्फ ध्यान दिनुपर्ने समूहगत सुझाव आएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो