'रोट्र्याक क्लब अफ तिलोत्तमा देवदहद्वारा श्रावणमा मेहेन्दी कार्यक्रम सम्पन्न'

४ वर्ष अगाडि

ललिता घिमिरे, देवदह // रोट्र्याक क्लब अफ तिलोत्तमा देवदहले श्रावणमा मेहेन्दी कार्यक्रम सम्पन्न गरेकाे छ । हरियो चुरा सँगै साउन महिनामा हातभरि मेहन्दी लगाउने चलन छ । क्लब भित्र महिला सदस्यहरुलाई श्रावण महिनाको अवसर पारी सामाजिक सद्भाव कायम राख्दै शनिवार एक कार्यक्रमकाे आयोजना गरि देवदह ७ मिलनचोक स्थित इन्टेक होटल एण्ड रेस्टुरेन्टमा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे।

क्लवका अध्यक्ष राेट्र्याक्टर मनिलाल तिवारीकाे अध्यक्षता र क्लवका पुर्व अध्यक्ष माधव आचार्यकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा क्लवले नेतृत्व, व्यक्तित्व विकास र सामाजिक कार्य संगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय बनाई सदस्यहरूलाई सीप सिकाउने कार्यमा समेत जाेड दिने क्लवका अध्यक्ष तिवारीले बताउनुभयाे । सामाजिक कार्य संगै क्लवले याे वर्ष क्लवका सदस्यहरूका लागि रचनात्मक कार्यमा जाेड दिदै महिला दिदिबहिनीको भावनालाई समेत बुझेर कार्यक्रम अायाेजना गरेकाे कार्यक्रम संयोजक मनिषा अधिकारीले बताउनु भयो । उहाले यस प्रकारकाे कार्यक्रमले क्लवको महिला सदस्यहरुमा निकै राम्रो प्रभाव परेकाे बताउनु भयाे ।
कार्यक्रम क्लवका बाेर्ड सदस्य ईन्दिरा हमालकाे स्वागत, सह-काेषाध्यक्ष गिता ढकालकाे धन्यवाद ज्ञापन र सह-सचिव ललिता घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

साथै
रोट्र्याक क्लब अफ तिलोत्तमा देवदहको नियमित बैठक सम्पन्न 

रोट्र्याक क्लब अफ तिलोत्तमा देवदहकाे प्रथम क्लव सम्मेलन तथा १९९ नियमित बैठक सम्पन्न भएकाे छ । राेटा वर्ष २०२२/२३ का अध्यक्ष राेट्रर्याक्टर मनिलाल तिवारीकाे अध्यक्षतामा भएकाे बैठकमा अघिल्लाे बार्षिक अार्थिक विवरण प्रस्तुत गर्दै आगामी वार्षिक कार्ययाेजना बारे बृस्तित छलफल भएकाे थियाे । बैठकमा पुर्व अध्यक्ष राेट्रर्याक्टर माधव आचार्य, जाेन २२ का जाेनल सेक्रेटरी तथा क्लका निवर्तमान अध्यक्ष राेट्रर्याक्टर सुनिल गिरी, राे. विक्रम भुसाल, राे.चन्दा पाठक, राे.सन्दिप पाैडेल, राे.अम्विका खरेल लगायत क्लवका बाेर्ड सदस्य तथा सदस्यहरूकाे सक्रिय उपस्थिति रहेकाे थियाे ।
क्लवकी बाेर्ड सदस्य राे.ईन्दिरा हमालकाे स्वागत, गिता ढकालकाे धन्यवाद ज्ञापन र ललिता घिमिरेकाे सञ्चालनमा बैठक सम्पन्न भएकाे थियाे ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत