श्रीलङ्काको प्रधानमन्त्रीमा दिनेश गुणवर्दना नियुक्त भएका छन् । ७३ वर्षीय वरिष्ठ सांसद गुणवर्दनालाई राष्ट्रपति रनिल विक्रमासिङ्घेले शपथ ग्रहण गराएका छन् । उनी श्रीलङ्काको १५औँ प्रधानमन्त्री बने गुणवर्दना यसअघि गृह र शिक्षामन्त्री भइसकेका छन् ।
गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेल गुणवर्दनालाई गृहमन्त्रीको जिम्मेवारी दिएका थिए । उनी पूर्व राष्ट्रपति राजपाक्षेका बफादार पात्रका रुपमा पनि चिनिन्छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0