'बुटवलमा पुनः जग्गाको लगत संकलन शुरु'

४ वर्ष अगाडि

बुटवल । बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत संकलन शुरु गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा नं. १२ सहितका केही वडामा लगत संकलन कार्य जारी रहेको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए । लगत संकलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने उनले बताए । ‘अहिले कुन जग्गा व्यक्तिको हो, कुन जग्गा सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत संकलनको काम हुन्छ, उनले भने–त्यसपछि पनि कसैको जग्गाको लगत संकलन गर्न छुटेको छ कि भनेर १५ दिने सूचना जारी गछौं, अनि कार्यपालिकाको बैठकले भूमि आयोगसँग जग्गा नापजाँचका लागि अनुमति लिएर जग्गाको नापजाँचको काम शुरु हुन्छ ।’

गत जेठ ९ मा उपमहानगरपालिकाको प्रमुख पदमा बहाली गर्दै नगरप्रमुख पाण्डेयले सुुकुम्बासी, भूमिहिनहरुलाई जग्गा उपलब्ध गराउन अव्यवस्थित बसोबासी, सुकुम्बासीहरुको अल्पकालीन र दीर्घकालीन व्यवस्थापन गर्ने निर्णय गरेका थिए । सोही अनुसार स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले बताए । जग्गाको लगत संकलनका लागि नगरले स्थानीयसँग छलफल पनि थालेको छ । सोमबार बुटवल १२ का बासिन्दाहरुबीच छलफल गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।

स्थानीयले राखेका जिज्ञासाको जवाफ दिदै नगरप्रमुख पाण्डेयले छिटै नै बुटवल उपमहानगरपालिकाले जग्गाको लगत संकलन गरेर भूमि आयोगलाई बुझाउने र सोही आधारमा लालपूर्जा वितरण हुने बताएका थिए। कार्यक्रममा बोल्दै राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्यांकका आधारमा लालपूर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए ।

बुटवल उपमहानगरपालिका वडा नं १२ का अध्यक्ष डिल्लीप्रसाद शर्माले लगत संकलनका क्रममा सहयोग गर्न स्थानीयलाई अनुरोध गरेका थिए ।
राजनीतिक दलका स्थानीय प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरु र स्थानीयले नगरपालिकाले गरेको लगत संकलनका आधारमा भूमिहीनलाई लालपूर्जा दिनुपर्ने बताएका थिए ।

बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्यांक संकलन अनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रदेव भारतीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत

बाल गृह सञ्चालन गर्ने बाल संगठन रूपन्देहीको तयारी, सरोकारवालासँग अन्तरक्रिया

पशुपालनमा देखिएका नयाँ रोग नियन्त्रणका लागि अनुसन्धानमा जोड दिन्छौं: मुख्यमन्त्री आचार्य

अव्यवस्थित ठेला तथा सडक पेटीमा व्यापार गर्ने रि-कन्डिसन मोटरसाइकल हटाउदै उपमहानगरपालिका

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, बैशाख ७ मा जितगढी आईपुग्ने