'जगदीशपुर ताल पंंक्षी आरक्ष घोषणा'

४ वर्ष अगाडि

कपिलवस्तु । कपिलवस्तुमा रहेको जगदीशपुर ताललाई पंक्षी आरक्ष घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले ताललाई पंक्षी आरक्ष घोषणा गर्नुभयो ।

उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै ताललाई पाहुना चरामैत्री बासस्थान बनाउन सकिने बताउनुभयो । जगदिशपुर तालको प्राकृतिक हिसावले नभत्काउन, पर्यावरणमा ध्यान दिँदै काम गरेमा प्रदेश सरकारले बजेटको कुनै अभाव हुन नदिने मुख्यमन्त्री केसीको भनाई थियो ।

उहाँले बजेटको अभाव भन्दा पनि योजना र लगनशीलताको अभाव भएकाले अब बन मन्त्रालयले पहल लिन र त्यसमा प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तालको कुल क्षेत्रफल २२५ हेक्टर र पानीको क्षेत्रफल १६१.५४ हेक्टर रहेको तालमा ६२०० हेक्टर सिचाईबाट करिव ६७०० घरधुरी लाभाविन्त भएका छन् । नेपालका १० वटा सिमसार क्षेत्रहरु मध्ये यो तालपनि सूचीकृत भएको छ ।

तालमा ३२ प्रजातिका स्तनधारी चराहरु पाइन्छ । तालमा डुवल्की चरा, खङखङे चरा, सिन्धुरे चरा, कैलो टाउके, हरी हासले, सुडसिडिया, चिम चिमे, जल रंक, जलेवा, लगायत गरी २९५ प्रजातीका चराहरु पाइन्छ ।

तालमा नेपालमा पाइने २०१ मध्ये ४३ प्रजातीका माछा पाइन्छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी