'लुम्बिनी प्रादेशिक अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरु'

४ वर्ष अगाडि

बुटवल । बुटवलस्थित प्रादेशिक अस्पताल लुम्बिनीले प्लास्टिक सर्जरी सेवा सुरु गरेको छ । यो अस्पतालमा अबदेखि आगोले पोलेको, अनुहारको दाग, खत, कोठी, गिर्खा, ओठ फाटेको, अनुहार र हातखुट्टाको खतलगायतका बिरामीको उपचार हुने भएको छ ।सो सेवा सञ्चालनसँगै सहरी विकासमन्त्री मेटमणि चौधरीले अस्पतालद्वारा निर्मित मातृत्व भवन निरीक्षण गर्नुभएको थियो । उहाँले प्रादेशिक अस्पताल सुविधासम्पन्न र सबै सेवा प्राप्त हुने नमुना अस्पतालका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा इन्द्र ढकालले असार दोस्रो साताबाट प्लास्टिक सर्जरीका अतिरिक्त आँखा, नाक र ओठको कस्मेटिक सर्जरी सेवा सुरु भएको बताउनुभयो । सो अस्पतालबाट हरेक आइतबार, मङ्गलबार र बिहीबार सो सेवा उपलब्ध हुने जनाइएको छ । यसअघि मिर्गौैलासम्बन्धी डायलासिस सेवासमेत सुरु गरिसकिएको छ ।रोटरी क्लब अफ बुटवलले रुपन्देहीको देवदह मेडिकल कलेजसँगको सहकार्यमा देवदहमा रक्तसञ्चार सेवा केन्द्र स्थापना गर्ने भएको छ ।

त्यस्तै बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पतालमा बर्निङ युनिट जलेका बच्चाको उपचार कक्षा स्थापना गर्ने योजना अगाडि बढाइएको छ । रोटरीको ३०औँ पदस्थापनका अवसरमा आयोजित कार्यक्रममा वर्ष २०२२÷२३ का अध्यक्ष बोनिन पियाले सो सेवाहरू सञ्चालन गर्न लागिएको जानकारी दिनुभएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सामाजिक क्षेत्रमा रोटरीले महत्त्वपूर्ण काम गर्दै आएको भन्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा अझ बढी क्रियाशील भएर अघि बढ्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो