'समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे'

४ वर्ष अगाडि

बुटवल। नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन्। शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत रहेका पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो।

यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी सहरी विकासमन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले जानकारी दिए।

यस्तै पार्टीको केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरुको भूमिका हेरफेर गरिएको छ। प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन्। रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन्। विक यसअघि सचिवका रुपमा थिए।

यसैगरी रुपन्देही उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि उनले पनि जिम्मेवारी छोडेका छन्। उपाध्यक्षमा श्रीराम यादव र चिनबहादुर गुरुङ, सचिवमा सरिता श्रीश, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन गर्ने जिल्लाको सिफारिस प्रदेश कमिटी बैठकले अनुमोदन गरेको सचिव गुरुङले बताए।

बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका थिए।बैठकमा समाजवादीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, मन्त्री मेटमणि चौधरी, सोमप्रसाद पाण्डेलगायतका नेताहरुको उपस्थिति थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो