'देवदहमा कविता लेखन प्रशिक्षण तथा जीवन र साहित्य विमर्श कार्यक्रम'

४ वर्ष अगाडि

देवदह // रुपन्देहीको देवदहमा कविता लेखन प्रशिक्षण तथा जीवन र साहित्य विमर्श कार्यक्रम सम्पन्न भएको छ । उज्यालो लाल्टिन प्रतिष्ठान, युगिन साहित्य समाज र अनुराग साहित्य समाजको संयुक्त आयोजना र देवदह नगरपालिका नगरकार्यपालिकाको कार्यालयको सहयोगमा उक्त कार्यक्रम भएको हो । कार्यक्रम देवदह ७ स्थित होटल ॐ दर्शन एण्ड पार्टी प्यालेसको हलमा भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि युगीन साहित्य समाज नेपालका सल्लाहकार एवं योग प्रशिक्षक नमकान्त पाण्डे कार्यक्रममा बोल्दै यो कार्यक्रमले विद्यार्थीहरुमा रहेको सिर्जनात्मक क्षमता र प्रतिभालाई वृद्धि गर्ने र यी तिनै वटा संस्थाले देवदहको साहित्यको संरक्षण गर्न ठूलो योगदान रहेको बताउनु भयो। यी तिनै वटा संस्था मिलेर काम गर्दै साहित्यको विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रमको अध्यक्ष अनुराग साहित्य समाज, नेपालको वरिष्ठ उपाध्यक्ष राजु अर्यालले कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । विद्यार्थीहरुमा कविता लेखनको सीप विकास गर्न तथा उनीहरुलाई कविता लेख्ने तरिकाबारे जानकारी दिन र कविता लेखनमा रुचि बढाउन प्रशिक्षण दिइएको हो ।

कार्यक्रमको प्रगतिशिल लेखक संघ रुपन्देहीका अध्यक्ष एवं बरिष्ठ साहित्यकार कविराज पौडेल, साहित्यकार रामचन्द्र श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।उक्त कार्यक्रममा देवदहमा रहेका विभिन्न १२ विद्यालयका विद्यार्थी , शिक्षकवर्ग, साहित्य अनुरागीहरु, आयोजक संस्थाका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रम अनुराग साहित्य समाज नेपालको वरिष्ठ उपाध्यक्ष राजु अर्यालको अध्यक्षता , उज्यालो लाल्टिन प्रतिष्ठानका सल्लाहकार राजिब सापकोटाको स्वागत र अनुराग साहित्य समाजको सचिब श्याम न्यौपानेको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु

घर भत्किएपछि हराएका व्यक्ति दिउँसो मृत अवस्थामा फेला

रोल्पा जिप दुर्घटना: २० जनाको सनाखत, शव परिवारलाई बुझाइँदै

सुकुमवासी हटाइएपछि पाँच स्थानमा अस्थायी बसोबासको व्यवस्था

दीपेन्द्रको शतकीय पारीसंगै नेपालद्वारा यूएईलाई २९० रनको लक्ष्य

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी