'संयुक्त साहित्यिक संगालो युगीन २ विमोचन'

४ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदहमा संयुक्त साहित्यिक संगालो युगीन २ को विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । युगीन साहित्य समाज नेपालको आयोजनामा खैरेनी स्थित पाठक फुड ल्याण्डमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथी वरिष्ठ साहित्यकार बनमाली निराकरले मुक्तक वाचन गरि गर्नु भएको थियो ।

युगीन साहित्य समाज नेपालका अध्यक्ष सुशील सापकोटाको अध्यक्षतामा सम्पन्न युगीन २ विमोचन तथा रचना वाचन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ साहित्यकार बनमाली निराकारले साहित्यको विकासका लागि युगीनले गरेका साहित्यिक कार्यक्रमहरुको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रममै बोल्दै साहित्यकार डा. श्याम न्यौपाने, नमाकान्त पाण्डे, नारायण प्रसाद भण्डारी, युगीन साहित्य समाजका निवर्तमान अध्यक्ष यज्ञ न्यौपाने दिपक, पुर्व अध्यक्ष बिनोद उदय, देवदह नगरपालिका वडा नं ४ का पुर्व अध्यक्ष दिपक चापागाईं, युगीन साहित्य समाजका सल्लाहकार राम ब गुरुङ, सामाजसेवी दिपेश मल्ल लगाएतले कृति बिमोचनमा बोल्दै कार्यक्रम पुर्ण सफलताको सुभकामना व्यक्त गर्दै आफ्नो भनाई राखेका थिए ।

उक्त कार्यक्रममा नगर शिक्षा शाखा अधिकृत पर्शुराम ढकाल, अभिषेक तिवारी, गणेश खनाल, पविशा भट्टराई , प्रज्वल दिप, गणेश न्यौपाने , अस्मित रेग्मी, सरोज सर्वहारा, तिलक अन्जान, शोभराज जैसी लगाएतले आफ्नो रचना वाचन गरेका थिए।

कार्यक्रम युगीन साहित्य समाज नेपालका उपाध्यक्ष गणेश न्यौपानेको स्वागत र सचिब बिष्णु विवश पोख्रेलको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो