'दाङमा प्राधिकरणलाई लाल्टिन उपहार'

४ वर्ष अगाडि

दाङ । केही दिनयता दाङमा अघोषित रुपमा लोडसेडिङ हुन थालेपछि विद्युत प्राधिकरणलाई लालटिन उपहार दिएको छ।

कांग्रेस घाेराही नगर समितिले प्राधिकरणको वितरण केन्द्र घाेराहीका प्रशासन प्रमुख डण्डपाणी बिक समक्ष ध्यानाकर्षण पत्र सहित लाेडसेडिङकाे उपहार भन्दै बलेको लालटिन उपहार दिएकाे हो। यस अघि अघोषित लोडसेडिङलाई समाधान गर्न गरिएको आग्रहको बेवास्ता भएपछि अहिले प्राधिकरणलाई दबाबका लागि लालटिन नै उपहार दिनुपरेको नगर सभापति तिलक रावतले बताए । उनले तत्काल समाधान गर्न माग समेत गरिएकाे बताए ।

नेपाली कांग्रेस दाङ प्रदेश २ (क) का सभापति प्रकाश श्रेष्ठ,क्षेत्र नं. २ का क्षेत्रीय सभापती भिमप्रकाश खड्का, उपसभापति दुर्लभ केसी,दाङ जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान उपाध्यक्ष वसन्त जाेशी, नगर सदस्य किरण बाेहरा,ऋषि पाेख्रेल,सुरज बुढाथोकीसहितको टोलिले प्राधिकरणलाई लालटिन उपहार हस्तान्तरण गरेको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी