'देउखुरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु'

४ वर्ष अगाडि

दाङ । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । राप्ती गाउँपालिका ४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिम तर्फ आइरहेको लु.अ.अ.जे. ७००३ नम्बरको मिनी ट्रकको ठक्करबाट सोहि वडा खिनैटा निवासी करिब ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो ।

आज विहान सवा ५ बजे गिरी मर्निङवाक गर्न सडकको छेउमा हिडिरहेका थिए । सोहि समयमा भालुवाङबाट लमही तर्फ आउँदै गरेको ट्रले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गिरीको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजन विक्रम शाहाले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

जेनजी आन्दोलनमा जलेका सवारीका नाममा इन्धन दुरुपयोग नभएको स्वास्थ्य मन्त्रालयको निष्कर्ष

मुख्यमन्त्री इन्द्र बानियाँको घर–कार्यालयमा छापा, सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

मन्त्रिपरिषद्का ४ मुख्य निर्णय सार्वजनिक

बाजुरामा चट्याङ लागेर ढुङ्गा खस्दा एक जनाको मृत्यु

इँटा भट्टामा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु

“सगरमाथामा बाटो बनाउँदै गर्दा आइसफल डाक्टरले भेटे बेवारिसे शव, सनाखत बाँकी”

पहिरोले देशभरका मुख्य राजमार्ग ठप्प

पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु