'जनताको सेवक बन्न तत्पर छु : उपमेयर डंगोल'

४ वर्ष अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले जनताको शासक नभई सेवक हुने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

विजय र्‍याली गर्ने क्रममा राष्ट्रिय सभा गृहमा मतदाता तथा शुभेच्छुकलाई उनले भनिन्, ‘जनताको शासक होइन, सेवक बन्न तत्पर छु । सेवक बन्ने प्रतिवद्धता पनि जाहेर गर्दछु ।’

जितहारको मानसिकताभन्दा माथि उठेर काठमाडौं महानगरलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने कार्यमा लाग्ने बताइन् । ‘जीवन्त राजधानी सहर बनाउने हो । हामीले सोंचेकै जस्तो कान्तिपुरी नगरि बनाउने हो’ डंगोलले भनिन्,’त्यसका लागि जनप्रतिनिधि र कर्मचारी एक ढिक्का भएर लाग्न जरुरी छ । जितहारको मानसिकतालाई रिजल्टसँगै त्याग्नुपर्दछ ।’

युवाहरू सिर्जनात्मक कार्यमा लाग्नुपर्ने डंगोलको जिकिर छ । खुट्टा तान्ने प्रवृत्तिमा नलाग्न सुझाव दिंदै युवाहरूलाई उनलाई आग्रह गरिन्, ‘एक अर्कालाई खुट्टा तान्ने र आलोचना गर्नेमा हाम्रो इनर्जी खर्च गर्नहुँदैन । क्रियटिभ र इनोभेटिभ काममा लाग्नुपर्दछ । युवाले राजनीतिमा लाग्नु हुँदैन भन्ने मानसिकता नराखेर युवा अघि बढेकाले आशाको दीप बढेको छ । यो दीपलाई कदापी मर्न दिने छैनौं ।’

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

जन्ती सवार जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ घाइते

गुल्मीमा अब सातामा ४ पटक हवाई सेवा सञ्चालन हुने

ब्रोइलर कुखुराको मासु खाँदा कैलालीमा दाजुभाइको मृत्यु

लायन्स क्लब अफ देवदह युनाइटेडमा नयाँ नेतृत्व चयन: अध्यक्षमा टिकाराम चापागाईं

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो