'सुकुम्वासी पाण्डेको तिलोत्तमामा २ करोडको जग्गा'

४ वर्ष अगाडि

बुटवल, बुटवल उपमहानगरपालिकामा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार खेलराज पाण्डेयले भोट माग्ने एउटा नारा आफुलाई गरीव, विपन्न र सुकुम्वासी हो । उनले जतिवेला पनि आफूलाई सुकुम्वासी नेता बताउने गर्छन् । आफ्नो घरघडेरी र कुनै सम्पत्ती नरहेको दावी गर्दै जीवनभर राजनीति गर्दा व्यक्तिगत सम्पत्ति जोड्न नपाएको भन्दै मतदातालाई आफ्नो प्रभावमा पार्ने कोशिस गरिरहेका छन् । कांग्रेस कार्यकर्ताहरुले समेत उनको भ्रम तल्लो तहका मतदातासम्म पुर्याएका छन् । आफूलाई गरीब, बिपन्न र जग्गाजमिन विहीन बताउने पाण्डेको यथार्थता त्यस्तो छैन । पाण्डेय करोडौं रुपैया पर्ने जग्गाका मालिक भएको तथ्य फेला परेको छ । उनको नाममा तिलोत्तमा नगरपालिका वडा नं.६ मा पर्ने साविक आनन्दवन गाविस १ (ख) मा जग्गा छ । उनले २ कठ्ठा सबा ३ धुर जग्गा बाबुको नामबाट बकसपत्र लिएका हुन् । बाबु लिलाबल्लऊ पाण्डेले २०६८ साउनमा बकसमार्फत उक्त जग्गा लिएको प्रमाण मालपोत कार्यालयमा छ । उक्त जग्गाको मूल्य अहिले करिब २ करोड रुपैया पर्ने स्थानीयले बताए । सो ठाउँमा पाण्डेयका बाबुको नाममा १० कठ्ठा जग्गा छ । उक्त जग्गाबाट २ कठ्ठा सबा ३ धुर जग्गा छोराको नाममा वकस दिएपछि सो जग्गालाई खेलराजले सगरमाथा बहुउद्देश्य सहकारी संस्थामा रोक्का राखेका छन् । २०७७ मंसिर ८ गते उक्त जग्गा सहकारीबाट रोक्का गरिएको हो । उनका निकटतम ब्यक्तिका अनुसार पाण्डेले चितवनमा एक विगाहा जग्गासमेत खरिद गरेका छन् ।

लालपुर्जामा नदेखिएकाले फिचरमा तस्वीर सम्पादन गरि राखिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सरकारद्वारा विभिन्न ८ अध्यादेश प्रतिनिधिसभामा पेश

चार्जिङ स्टेसन जडानका लागि घुस लिएको आरोपमा प्राधिकरण प्रमुखविरुद्ध मुद्दा दायर

डीपी अर्यालले प्रतिनिधि सभामा बैठक सञ्चालनका लागि ७ सदस्य मनोनीत

विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश जारी

बर्दिया राष्ट्रिय निकुञ्जमा बस दुर्घटना, चालकसहित १८ जना घाइते

मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु

नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि एसएसपीसम्मको सरुवा रोकिँदा कमान्ड व्यवस्थापन प्रभावित

सन्दीप जोराको शानदार शतक, नेपाल ‘ए’बाट अमेरिकाविरुद्ध १११ रनको उत्कृष्ट पारी