स्वास्थ

शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको हो । आगोले जलेर गम्भीर घाइते […]

लायन्स क्लब अफ देवदह पकडी बृक्षद्वारा निःशुल्क मधुमेह तथा रक्तचाप जाँच शिविर सम्पन्न

देवदह । कोलिया देवदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारण सभाको अवसरमा लायन्स क्लब अफ देवदह पकडी बृक्षद्वारा निःशुल्क मधुमेह तथा रक्तचाप जाँच शिविर सम्पन्न भएको छ । शिविरमा ५०६ जनाले निःशुल्क सेवा लाभ लिन सफल भएका कार्यक्रम संयोजक गीता खरेलले जानकारी दिनुभयो। शिविरमा गीता मेडिकल हलले प्राविधिक सहयोग प्रदान गरेको थियो […]

देवदह–४ स्थित शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा सुरु

देवदह । देवदह–४ भवानीपुरस्थित शहरी स्वास्थ्य केन्द्रमा सुरक्षित गर्भपतन सेवा औपचारिक रूपमा सुरु गरिएको छ। झन्डै एक वर्षको निरन्तर प्रयासपछि उक्त सेवा सूचिकृत भई आजदेखि नियमित रूपमा प्रदान गर्न लागिएको केन्द्रका इन्चार्ज मेघनाथ न्यौपानेले जानकारी दिए। उद्घाटन कार्यक्रममा बोल्दै देवदह–४ का वडा अध्यक्ष तथा शहरी स्वास्थ्य केन्द्र संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष दमननाथ रेग्मीले सुरक्षित गर्भपतन […]

२३ हजार थान प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पती पक्राउ

नेपाल प्रहरीले २३ हजार ८ सय थान प्रतिबन्धित लागुऔषधसहित फार्मेसी सञ्चालक दम्पतीलाई पक्राउ गरेको छ । गत कात्तिक ३० गते इटहरी उपमहानगरपालिका–१२ स्थित नसिव फार्मेसीमा ट्रामाडोल विक्री वितरण गर्दैछ भनी विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त फार्मेसीको सञ्चालकलाई नियन्त्रणमा […]

देवदहमा लायन्स क्लबद्वारा निःशुल्क आँखा परीक्षण कार्यक्रम

देवदह नगरपालिका–६, केउलीस्थित श्री सरस्वती आधारभूत विद्यालयमा निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।  उक्त कार्यक्रम लायन्स क्लब अफ देवदहको आयोजनामा  संस्थाका प्रथम उपाध्यक्ष लायन गणेश क्षेत्रीको अध्यक्षता र देवदह–६ का वडा अध्यक्ष खेमबहादुर थापा प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले लायन्स क्लबले वार्षिक योजनाअन्तर्गत विद्यालय–विद्यालयमा सञ्चालन गर्दै आएको […]

सर्पले टोकेर एक महिलाको मृत्यु

सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८ः३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा […]

बागलुङमा जिप दुर्घटनामा परि एक जनाको मृत्यु

बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ- ८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका(७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो । दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का गाडी चालक २७ वर्षीय दिलबहादुर […]

देवदहमा साधना पोलिक्लिनिक सञ्चालनमा : चौबिसै घण्टा स्वास्थ्य सेवा

देवदह — देवदहको खैरेनीमा करिब तीन करोड रुपैयाँको लगानीमा स्थापना गरिएको साधना पोलिक्लिनिक औपचारिक रूपमा सञ्चालनमा आएको छ। पुरानो श्रीकृष्ण पोलिक्लिनिक रहेको स्थानमै नयाँ नाम र व्यवस्थापनसहित सुरु गरिएको यस स्वास्थ्य केन्द्रले स्थानीय तहमै चौबिसै घण्टा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। पोलिक्लिनिकको उद्घाटन विशेष शैलीमा गरिएको थियो। औपचारिक रिबन काट्ने कार्यक्रमका सट्टा, […]

सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

सुर्खेत प्रहरीको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । लागूऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-११ पिपिरा सुर्खेतका थुनुवा गंगे सुनार जिप्रकाको हिरासतमा आज बिहान ६ बजे अर्धअचेत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार उनको प्रदेश अस्पताल कालागाउँ उपचारका क्रममा मृत्यु भएको हो । हिरासत कक्षमा जडान गरिएको सीसी क्यामरा हेर्दा गएराती सुतेका उनी बिहान नउठेको […]

पाङबारी हिमाल आरोहणमा गएका दुई आरोहीको शव फेला

गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले […]