स्वास्थ

जन्ती बोकेको कार दुर्घटना हुँदा चालकको मृत्यु

पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ महुवनस्थित गण्डक नहर नजिक सोमबार राति जन्ती जाँदै गरेको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने कारमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । बहुदरमाई नगरपालिका-८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनी गाउँपालिकाको एकडरवा गाउँतर्फ जन्ती जाँदै गरेको बीआर ०६४५ नम्बरको कार अनियन्त्रित भई राति करिब ९ः१५ बजे गण्डक […]

जेनजी आन्दोलनको छानविनबारे कार्की आयोगले सरकारलाई प्रतिवेदन बुझायो

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले आन्दोलनका क्रममा गोली चलाउन आदेश दिने, गोली हान्ने तथा त्यसलाई रोक्न नसक्ने जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्न सिफारिस […]

यूएईमा मारिएका नेपालीको पहिचान खुल्यो, शव नेपाल ल्याउने तयारी

इरानी आक्रमणबाट यूएईमा मारिएका नेपालीको पहिचान खुलेको छ । नेपाली दूतावासका अनुसार जायाद अन्तर्राष्ट्रिय विमानस्थालमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा दिवस श्रेष्ठको ज्यान गएको हो । उनी मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा कार्यरत थिए । २९ वर्षीय उनको नेपाल घर गोरखा हो । दूतावाले उनको पार्थीव शरीर यथाशीध्र स्वदेश फिर्ता लैजाने लगायतका सम्पूर्ण […]

यूएईमा गरिएको इरानी आक्रमणमा परि एक नेपालीसहित तीन जनाको मृत्यु

ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको पुष्टि भएको हो। साथै विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाउँदै नागरिक तथा बासिन्दाको […]

तेहरान छाडेर अन्यत्र जान राजधानीबासीलाई इरान सरकारको आग्रह

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरानका बासिन्दालाई सम्भव भएसम्म शहर छाड्न आग्रह गरेको छ । अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी राखेपछी क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बन्दै गए भन्दै यस्तो सूचना जारी भएको हो । परिषद्ले जारी गरेको आधिकारिक वक्तव्यमा वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नागरिकहरूलाई “शान्त रहँदै सम्भव भए अन्य शहर वा सुरक्षित […]

नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन युएई सरकारको अपील

संयुक्त अरब इमिरेट्स सरकारले नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन विशेष अपील गरेको छ। इरानले आबुधावीको अल दाफ्रामा रहेको अमेरिकन बेस क्यापमा आक्रमण सुरु गरेपछि सरकारले सरकारले अबुधाबी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित रहन विशेष अपील गरेको हो । सरकारले घरबाहिर नजान, झ्याल ढोकाको नजिक नबस्न अनुरोध गर्दै मोबाइलमा चेतावनी पूर्ण सन्देश पठाइरहेको त्यहाँ रहेका नेपालीहरुले बताएका […]

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि-एम्प्टिभ” (अग्रिम सुरक्षात्मक) हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ। इजरायली सेना (आइडीएफ) ले यस अभियानलाई ‘अपरेसन शिल्ड अफ जुडा’ नाम दिएको छ। यो कारबाही इरानको आणविक […]

शुक्रबार रातिबाट मदिरा खरिद बिक्री तथा सेवन निषेध

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी शुक्रबारदेखि निर्वाचन परिणाम सार्वजनिक नभएसम्म मदिराजन्य पदार्थको बिक्री, वितरण, ओसारपसार र सेवन निषेध गरिएको छ । मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ। निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घण्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो। फागुन २१ मा हुने प्रतिनिधि सभा […]

धादिङ बस दुर्घटनामा ४ महिला र १ विदेशी नागरिक सहित मृत्यु हुनेको संख्या १८ पुग्यो

पोखराबाट काठमाडौँ जादैं गरेको यात्रुवाहक बस गएराती धादिङमा दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् । बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडा स्थित पृथ्वी लोकमार्गबाट त्रिशूली नदीमा खसेको हो । हालसम्म दुर्घटनामा मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका […]

धादिङमा बस दुर्घटना हुदा जनाको मृत्यु, २४ घाइते

धादिङमा साेमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा स्थित पृथ्वी लोकमार्गमा सोमबार बिहान करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको हो ।   दुर्घटनालगत्तै उद्धारका लागि सशस्त्र प्रहरी बल […]