'तेहरान छाडेर अन्यत्र जान राजधानीबासीलाई इरान सरकारको आग्रह'

२ महिना अगाडि

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले राजधानी तेहरानका बासिन्दालाई सम्भव भएसम्म शहर छाड्न आग्रह गरेको छ ।

अमेरिका र इजरायलले इरानमाथि आक्रमण जारी राखेपछी क्षेत्रीय सुरक्षा अवस्था थप संवेदनशील बन्दै गए भन्दै यस्तो सूचना जारी भएको हो ।

परिषद्ले जारी गरेको आधिकारिक वक्तव्यमा वर्तमान सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नागरिकहरूलाई “शान्त रहँदै सम्भव भए अन्य शहर वा सुरक्षित स्थानतर्फ यात्रा गर्न” अनुरोध गरिएको उल्लेख छ ।

अल जजिराका अनुसार राजधानी क्षेत्रमा सम्भावित सुरक्षा जोखिम बढेको आँकलनपछि सरकारले नागरिक सुरक्षालाई प्राथमिकता दिँदै पूर्वसावधानीस्वरूप यस्तो निर्देशन दिएको हो

सुरक्षा परिषद्को सन्देश सार्वजनिक भएसँगै तेहरानमा चिन्ता र अन्योल बढेको छ । केही स्थानीय सञ्चारमाध्यमहरूले शहर बाहिरिने तयारी गर्ने नागरिकको संख्या बढ्न थालेको उल्लेख गरेका छन्।

विश्लेषकहरूका अनुसार राजधानी नै खाली गर्न सुझाव दिनु असाधारण कदम मानिन्छ, जसले क्षेत्रीय सुरक्षा अवस्था सामान्य नरहेको संकेत गर्छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
100%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 1
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत