सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी सूचीकृत गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न दिने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले बताए। यस्तै बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको […]
साताको पहिलो कारोबार दिन सेयर बजार ७.७३ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७९६ अंकमा कायम भएको छ । यसअघि शुक्रबार नेप्से १.५ अंक बढेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब २७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७४ करोडको भयो । १५७ कम्पनीको मूल्य बढ्दा १०२ को […]
सङ्खुवासभाको मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङका प्रधानाध्यापक ५४ वर्षीय डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात भएको छ । घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका ५५ वर्षीय शिक्षक सोमनाथ दाहाल र ५४ वर्षीया लेखकुमारी भट्टराईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए । वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता […]
युवतीलाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । २० वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका–२ का ३१ वर्षीय सुरेश अवस्थीलाई पक्राउ गरेको हो । धनगढी उपमहानगरपालिका–४ मा रहेको सन्जोग होटलमा जबरजस्तीकरणी गरेको भन्ने उजुरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले उनलाई […]
सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका लिम्चुङबुङ गाउँपालिका–४ जाँतेका ५१ वर्षीय शमशेर राई पाँचदिनपछि मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गत मङ्गलबार गाउँका साथीहरुसँग सुनकोशीमा माछा मार्न गर्न गएका राई बेलुकी ३:०० बजे नदीमा बेपत्ता भएका थिए । स्थानीय र प्रहरीको खोजीपछि शनिबार साँझ राईको शव जिल्लाको रौतामाई गाउँपालिकाको भदौरेस्थित सुनकोशी […]
सप्तरीको बोदेबर्साईन नगरपालिका-५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ । यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीका प्रमुख […]
चुरेपाखामा पर्ने सर्लाहीको लालबन्दी नगरपालिका–१५, झरझरा पिङखोल्सीमा बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मकै बारीमा आउने बँदेल धपाउन बसेका दावा भन्ने ३२ वर्षीय प्रेमबहादुर थिङको बँदेलकै आक्रमणबाट मृत्यु भएको हो । थिङलाई आइतबार साँझ अन्य केही मानिससँग मिलेर मकै बारी खान आउँदा लखेटेको बँदेलले आक्रमण गरेको वडाध्यक्ष गोरखबहादुर बलले बताए । बँदेलको आक्रमणबाट […]
काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी (विद्युतीय) माइक्रोबस धादिङमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बा १३ च २९४१ नम्बरको गजुरी गाउँपालिका–६ आदमघाट नजिकै माइक्रोबस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको ‘इ–गभरमेन्ट प्रोक्युरिमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा थप दुई जनालाई पक्राउ गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज कल्पवृक्ष विल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुङ्गाना र इन्कोन प्रालिको शेयरधनी तथा लेखापाल स्वदेश पोखरेललाई पक्राउ गरेको हो । ढुङ्गानालाई काठमाडौं महानगरपालिका–१६ बालाजु र पोखरेल महानगरपालिका– ३२ पेप्सीकोलाबाट […]
बाजुरा र कालिकोट जिल्लाको सिमानास्थित लैफुडाँडाको भिरबाट डोजर दुर्घटना हुँदा एक जना बेपत्ता भएका छन् । कर्णाली करिडोर सडकअन्तर्गत चलिरहेको डोजर करिब १५० मिटर तल भिरमा खसेको हो । डोजरमा चालकसहित तीन जना सवार रहेकामा चालक र एक जना भने सकुशल रहेका छन् भने अर्को एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ […]