मौसम

तिन देखी लगातार परेको झरी रोकियो, आज देखी मौसममा सुधार

काठमाण्डाै । लगातारको झरी रोकिएको छ । देशका धेरै ठाउँमा लगातार तीन दिनदेखि परेको झरी रोकिएको छ । गएरातिदेखि नै मौसममा सुधार देखिएको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो । झरी रोकिएसँगै देशका धेरै ठाउँमा घाम लागेको छ । अब तत्काललाई ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् झाले बताउनुभयो । मनसुनी प्रणाली कायमै रहेकाले बेलुकीपख भने केही […]

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प

काठमाडौँ,  असोज १७ गते ।  सुदूरपश्चिम प्रदेशको बझाङका विभिन्न ठाउँ केन्द्रबिन्दु भएर भूकम्प र परकम्प जाने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मङ्गलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रबिन्दु भएर पाँच दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको थियो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बझाङका विभिन्न ठाउँ […]

सिक्किममा ठूलाे वर्षापछि आएको बाढीले सेनाकाे गाडी सहित २३ जवान बेपत्ता

भारतको पूर्वोत्तर राज्य सिक्किममा ठूलाे वर्षापछि टिस्टा नदीमा आएको बाढीले भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् । उनीहरुको खोजी भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । बाढीले सेनाका केही गाडी सहित भारतीय सेनाका २३ जवान बेपत्ता भएका छन् ।बेपत्ता हुनेहरूमा भारतीय सेना कार्यरत केही नेपाली पनि रहेकाे हुन सक्ने अनुमान गरिएकाे छ । यस्तै, […]

देशका अधिकांश ठाउँमा झरी, भाेलिदेखि मात्रै माैसम सुधार हुने अनुमान

काठमाण्डाै । देशका केही ठाउँमा गएरातिदेखि नै लगातार झरी परिरहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखिको झरी रोकिएको छैन । काठमाण्डौ उपत्यकामा पनि रातिदेखिको झरी रोकिएको छैन । आज पनि उपत्यकासहित देशका धेरैजसो ठाउँमा झरी पर्ने मौसमविद् लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार आज कोशी, मधेस, बाग्मती, […]

भीषण सुख्खा पहिरोकाे कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध

नारायणगढ- मुग्लिन सडक खण्डमा अहिले सम्मकै भीषण सुख्खा पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको छ । सोमबार राति ८ बजेर ५ मिनेट जाँदा सुख्खा पहिरो खसेर बाटो बन्द भएको चितवन प्रहरीले जानकारी दिएको छ । ईच्छाकामना गा.पा. ६ नारायणगढ मुग्लिङ सडक खण्डको टोपेखोलास्थित माथिबाट सुख्खा पहिरो खसरे दुवैतर्फी बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता […]

रुपन्देही सहित कपिलवस्तु र पाल्पा बाढीको उच्च जोखिममा

रुपन्देही । आउँदो तीन दिन रुपन्देही, कपिलवस्तु र पाल्पाका नदी तथा खोलामा बाढीको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। साथै आज देशका अन्य १७ जिल्लाका नदी तथा खोलामा पनि बाढीको सम्भावना रहेको छ। रुपन्देही, कपिलवस्तु र पाल्पा आसपास भइ बहने केही साना नदीमा पानीको सतह बढ्ने र केहीमा आकस्मिक बाढीको […]

दिउँसो र राति देशका केही स्थानमा मौसम बदली भई वर्षा हुने

काठमाडौं  । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसममा बदली भईरहेको छ। शनिबार बिहान लुम्बिनी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली देखिएको छ । शनिबार दिउँसो भने कर्णाली, सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने मौसमविदले जनाएका छन । त्यस्तै, देशका बाँकी भू-भागमा […]

न्यून चापीय प्रणालीको प्रभाव : पहाडी भू–भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। राति उच्च पहाडी तथा हिमाली […]

अमेरिकामा हिमबर्षाले करौडौँ मानिस प्रभावित, १८ जनाको मृत्यु

एजेन्सी । अत्यधिक चिसो मौसमका कारण संयुक्त राज्य अमेरिका र क्यानडामा करोडौं मानिसहरू चिसोजन्य स्वास्थ्य जोखिमको सामना गरिरहेका अमेरिकी मौसमविद्हरूले जनाएका छन् । लाखौं अमेरिकीहरू क्रिसमसको पूर्वसन्ध्यामा यात्रा गरिरहेका बेला शनिबार अमेरिका भित्रिने र बाहिरिने दुई हजार ३६० भन्दा बढी उडान रद्द गरिएको ट्र्याकिङ साइट फ्लाइटअवेयरले जनाएको छ । अमेरिकाका १२ वटा राज्यमा हिमपातबाट सिर्जित […]

बुटवल लगाएत देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम

बुटवल – गर्मी बढ्दो छ । तत्काल पानी पार्ने प्रणाली नभएकाले गर्मी अझै बढ्ने मौसमविद्ले बताएका छन् । आज पनि बिहानैदेखि देशका धेरै ठाउँमा घाम चर्किएको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस पुगेको छ । अन्य क्षेत्रमा पनि तापक्रम बढ्दो छ ।बुटवल, नेपालगञ्ज, सिमरा, धनगढी, दिपायलको तापक्रम पनि […]