स्वास्थ

सर्पले टोकेर एक महिलाको मृत्यु

सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–६ तेडियाडाँगी बस्ने २५ वर्षीया चादनीदेवी शर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घरभित्र खाद्य भण्डारमा समान निकाल्ने क्रममा गएराति ८ः३० बजे आसपासमा उनलाई गोमन सर्पले दाँया खुट्टामा डसेको थियो । त्यसपछि उनलाई उपचारका लागि सामुदायिक सर्पदंश उपचार केन्द्र सिजुवा […]

बागलुङमा जिप दुर्घटनामा परि एक जनाको मृत्यु

बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग ३ च ३८१९ नम्बरको पिकअप ढोरपाटन नगरपालिकाङ- ८ र ९ को सिमाना च्वावीरमा दुर्घटना हुँदा ढोरपाटन नगरपालिका(७ का २३ वर्षीय राजेन्द्र अदैको मृत्यु भएको हो । दुर्घटनामा ढोरपाटन नगरपालिका–९ का गाडी चालक २७ वर्षीय दिलबहादुर […]

देवदहमा साधना पोलिक्लिनिक सञ्चालनमा : चौबिसै घण्टा स्वास्थ्य सेवा

देवदह — देवदहको खैरेनीमा करिब तीन करोड रुपैयाँको लगानीमा स्थापना गरिएको साधना पोलिक्लिनिक औपचारिक रूपमा सञ्चालनमा आएको छ। पुरानो श्रीकृष्ण पोलिक्लिनिक रहेको स्थानमै नयाँ नाम र व्यवस्थापनसहित सुरु गरिएको यस स्वास्थ्य केन्द्रले स्थानीय तहमै चौबिसै घण्टा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। पोलिक्लिनिकको उद्घाटन विशेष शैलीमा गरिएको थियो। औपचारिक रिबन काट्ने कार्यक्रमका सट्टा, […]

सुर्खेत प्रहरीको हिरासतमा थुनुवाको मृत्यु

सुर्खेत प्रहरीको हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ । लागूऔषध मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-११ पिपिरा सुर्खेतका थुनुवा गंगे सुनार जिप्रकाको हिरासतमा आज बिहान ६ बजे अर्धअचेत अवस्थामा भेटिएका थिए । प्रहरीका अनुसार उनको प्रदेश अस्पताल कालागाउँ उपचारका क्रममा मृत्यु भएको हो । हिरासत कक्षमा जडान गरिएको सीसी क्यामरा हेर्दा गएराती सुतेका उनी बिहान नउठेको […]

पाङबारी हिमाल आरोहणमा गएका दुई आरोहीको शव फेला

गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले […]

यलुङ रि हिमालबाट ६ जनाको हेलिकप्टरद्धारा उद्धार

रोल्वालिङ हिम क्षेत्रको यलुङ रि हिमाल आरोहणमा गएकाहरू हिम पहिरोमा परेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली आरोही लाक्पा तामाङ र सुन बहादुर गुरुङलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ। त्यस्तै दुई विदेशीलाई पनि हेलिकप्टरबाट उपचारका लागि काठमाडौँको इरा इन्टरनेशनल अस्पतालमा लगिएको छ। बेपत्ता अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

अर्घाखाचीमा मोटर साईकल दुर्घटनामा परि २ जनाको मृत्यु, १ जना घाईते

अर्घाखाँचीको दुर्गाफाटमा मोटरसाईकल दुर्घटनामा परि २ को मृत्यु भएको छ भने एकजना घाइते भएका छन । प्रहरी चौकी खिदिमका अनुसार सोमवार साझ करिव ८ बजेको समयमा पाणीनी गाउपालिका–३ दुर्घाफाटमा निगाली बाट दुर्घाफाट तर्फ आउदै गरेको ना ३६ प ३५०९ नंम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन […]

अराजक र भड्काउ अभिव्यक्ति दिएका निकोलस भुसाल प्रहरीको निगरानीमा

अराजक र हिंसा भड्काउ अभिव्यक्ति दिएपछि डा. निकोलश भुसाललाई प्रहरीले निगरानीमा राखेको छ । हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका छन् । भुसालले शनिवार सम्वाद […]

तिलिचो बेसक्याम्पमा फसेका ११ जना पर्यटक लाई एपीएफले उद्धार गर्‍यो

उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बल को माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ। उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका […]

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याल्न नदिएपछि काठमाडौं महानगरले घरमै राख्न भन्यो

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याल्न नदिएपछि काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो । महानगरपालिकाले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला […]