काठमाडौंको तारकेश्वर नगरपालिका–९ स्थित एक घरमा पसेको चितुवाको उद्धार गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार वनको टोलीले डार्ट गरेर चितुवाको उद्धार गरेको हो । आइतबार बिहान शहर परेको चितुवाको आक्रमणबाट दुई जना घाइते समेत भएका थिए । घाइते हुनेमा दुलाल महर्जन र मायानाथ वाग्ले रहेको एसपी भट्टराईले जानकारी दिए । स्थानीय […]
सडकमा एक वृद्धमाथि हातपात गरेको आरोपमा पक्राउ परेका पारस बममाथि अभद्र व्यवहारको मुद्दा चलाइएको छ । उनलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिन म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । रक्सीले मातेका वृद्ध पुरुषमाथि एक प्रौढ व्यक्तिले मुक्का हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । उपत्यका ट्राफिक प्रहरी […]
रूपन्देहीको देवदहमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। “रक्तदान, जीवनदान, महादान”भन्ने मुल नारा तथा रक्तदान गरौँ जीवन बचाऔँ भन्ने उद्वेश्य सहित सत्य साई सेवा संगठन नेपाल, श्री सत्य साई प्रदेश समिति–५ को आयोजनामा विहिवार कार्यक्रम सम्पन्न भएको हो। रक्त संचार सेवा केन्द्र बुटवलकाे प्राविधिक सहयाेगमा भएकाे कार्यक्रममा ६२ युनिट रगत संकलन भएकाे कार्यक्रम संयाेजक माेहन […]
दुर्गा प्रसाईं फेरी पनि पक्राउ परेका छन । भक्तपुरस्थित आफ्नै निवासबाट हिजो मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पुर्याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ । काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आयोगले गरेको पत्राचारका […]
सर्लाहीको मलंगवामा गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु भएको छ।जिल्लाको सर्लाही पूर्वाधार विकास कार्यालय अन्तर्गत कार्यरत यादवमाथि शुक्रवार साँझ करिब ८ बजेतिर गोली प्रहार भएको प्रहरीले जनाएको छ। घटना मलंगवा नगरपालिका-१० क्षेत्रमा भएको बताइएको छ। गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि मलंगवा अस्पताल पुर्याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको […]
देवदह । ३१औं जनयुद्ध दिवसको अवसरमा देवदहमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार नेपाली कम्युनिष्ट पार्टी नगर कमिटिको योजनामा सम्पन्न कार्यक्रममा ४५ पिन्ट रगत जम्मा भएको जनाइएको छ । यसै बीच कार्यक्रममा बोल्दै नेकपा रुपन्देही क्षेत्र नं १ का उम्मेदवार घनश्याम यादवले गणतन्त्र, धर्म निरपेक्षता, समावेशी प्रतिनिधित्व जस्ता राजनीतिक परिवर्तनको जग जनयुद्ध भएको बताए […]
नेपाली बजारमा सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ १४ हजार ४०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला तीन लाख ४ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । हिजो मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँ थियो । त्यसैगरी, […]
देवदह । देवदहमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप अभियान संचालन हुने भएको छ । नगर कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप नियमित अभियान २०८२ सञ्चालन हुन लागेको हो। अभियान माघ २५ गतेदेखि २९ गतेसम्म देवदह नगरपालिकाभित्र सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ। अभियानअन्तर्गत नगरभित्रका कक्षा ६ का छात्राहरू तथा विद्यालय […]
चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–३ बस्ने ५५ वर्षीय तेजबहादुर पाठक रहेका छन् । हिजाे दिउँसो घर नजिक बाटोमा गैँडाको आक्रमणबाट घाइते भएका पाठकको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्द पुरीले जानकारी दिए । मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।
काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पाँच जनाको मृत्यु पुष्टि भएको र अन्य २१ जना घाइते भएका जानकारी दिनुभयो । मृतकको सनाखत हुन सकेको छैन । वनभोज खाएर फर्किएको बा ४ ख ८७८८ नम्बरको […]