बुटवल। लुम्बिनी प्रदेश सरकारले छात्रवृत्ति करारमा रहेका डाक्टरहरुलाई बाहिर काम गर्न नदिने भएको छ । छात्रवृत्तिमा सरकारी लगानीमा अध्ययन गरेर करारमा रहेका विशेषज्ञ डकटरहरु सम्बन्धित ठाउँमा कम समय दिएर बाहिर काम गरेको गुनासो आएपछि सरकारले एक्सन थालेको लुम्बिनीका स्वास्थ्यमन्त्री खेम सारुले जनाएका छन् । ‘उहाँहरुका लागि सरकारले ठूलो लगानी गरेको छ, त्यसमाथि निश्चित तलब लिएर […]
चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ मा रहेको किसान दाना उद्योगको भित्ता भत्किदा तीन जना मजदुरको ज्यान गएको छ । चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुुसार दाना उद्योगको भित्ता भत्किदा खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षका शुकराम दराइ, गोरखा घर भई हाल रत्ननगर न.पा.-१२ बस्ने बर्ष ५४ को रेशम दमाई र जिल्ला […]
हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले इजरायली सेनालाई जिम्मा लगाएको छ । उनको शव सैनिक अस्पतालमा राखिएको छ । त्यहाँ डिएनए परीक्षण रिपोर्ट लगायतका प्रक्रिया पूरा गरेपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुने इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितले भने अनुसार, ‘हमासले विपिन जोशीको भनेर बुझाएको शव […]
लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपीन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी र टाइम्स अफ इजरायलले जोशी जीवित नरहेको समाचार प्रकाशन गरेका छन् । टाइम्स अफ इजरायलको समाचारमा भनिएको छ, ‘‘इजरायल र हमासबीच जारी युद्धबीच हमासले आज चारजना मृत बन्दीको नाम सार्वजनिक गरेको छ, जसमा एक […]
रुपन्देहीमा तिहारको अवसरमा खेलिने देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला सुरक्षा समतिको वैठकले देउसी भैलो राति ९ वजेसम्म मात्र खेल्न पाइने र देउसी भैलोमा सहभागीहरुले मादक पदार्थ सेवन गर्न नपाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए । देउसी भैलो खेल्ने क्रममा मापसे गरेको पाइए कानून अनुसार कारवाही हुने […]
देवदह। रुपन्देहीको देवदह–५, खैरनी स्थित साश्वत मेडिसिन सप्लायर्स आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रो. सागर कँडेलको पहलमा स्थापित यस मेडिकल सप्लायर्सको शुभारम्भ समारोहमा स्थानीय उद्योगी, व्यापारी, स्वास्थ्यकर्मी र समाजसेवीहरूको उपस्थिती रहेको थियो। संचालक कँडेलका अनुसार कुल ५० लाख बढिको लगानीमा सप्लायर्स संचालन गरिएको हो । सोहि अवसरमा बोल्दै प्रो. कँडेलले साश्वत मेडिसिन सप्लायर्सले गुणस्तरीय […]
डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेङ्गु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही समयमा देशका ७५ जिल्लाबाट पाँच हजार ८७४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले जानकारी दिए । उनका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेङ्गुु सङ्क्रमण […]
हमासले जीवित छाड्न लागेका २० जनाको नाममा विपिन जोशी नाम छैन । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम नरहेको जानकारी दिएका हुन् । […]
जापानीज इन्सेफ्लाइटिसका कारण चितवन जिल्लामा मात्रै मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । साउन पछि हालसम्म गरेर छ जनाको चितवन जिल्लामा मात्र उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक कालिका नगरपालिकाका रहेका छन् । पछिल्लो पटक खैरहनी वडा […]
इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन ‘सकारात्मक’ माहोलमा सम्पन्न भएको इजिप्टेली अधिकारीहरूले बताएका छन्। यस वार्ताले गाजामा जारी युद्धविराम र बन्धक मुक्तिको सम्भावनामा नयाँ आशा जगाएको अलजजीराले जनाएको छ । नेपालका विपिन जोशीसहितका बन्धक रिहाइलाई पहिलो शर्त बनाइएको वार्तामा प्रत्यक्ष रूपमा इजरायल र हमासका प्रतिनिधिहरू एउटै कोठामा उपस्थित थिएनन्। […]