'देवदहमा ‘साश्वत मेडिसिन सप्लायर्स’ सञ्चालनमा'

७ महिना अगाडि

देवदह। रुपन्देहीको देवदह–५, खैरनी स्थित साश्वत मेडिसिन सप्लायर्स आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। प्रो. सागर कँडेलको पहलमा स्थापित यस मेडिकल सप्लायर्सको शुभारम्भ समारोहमा स्थानीय उद्योगी, व्यापारी, स्वास्थ्यकर्मी र समाजसेवीहरूको उपस्थिती रहेको थियो। संचालक कँडेलका अनुसार कुल ५० लाख बढिको लगानीमा सप्लायर्स संचालन गरिएको हो ।

सोहि अवसरमा बोल्दै प्रो. कँडेलले साश्वत मेडिसिन सप्लायर्सले गुणस्तरीय औषधि तथा स्वास्थ्य सामग्री सुलभ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार स्थानीय तहमा सहज र विश्वासिलो स्वास्थ्य सेवा प्रवाह गर्न यस संस्थाको स्थापना गरिएको हो।

सुभारम्भ समारोहमा उपस्थित सबैले नयाँ मेडिकल सप्लायर्सले स्थानीय समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे। साश्वत मेडिसिन सप्लायर्सले विभिन्न कम्पनीका औषधि, भिटामिन, सिरप, ट्याबलेट, इन्जेक्सन तथा अन्य स्वास्थ्य सामग्री वितरण गर्ने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

अध्यादेशबारे राष्ट्रपति पौडेलको कानुनविद्हरूसँग छलफल, शीतलनिवासमा परामर्श जारी

तेस्रो दिन पनि नेप्से ओरालो, ५.७३ अंक घटेर २७३८ मा सीमित

रोल्पामा जिप दुर्घटना १५ जना गम्भीर घाइते

काठमाडौं प्रशासनको निर्देशनपछि बल्खु र वंशीघाटका सुकुमवासी बस्ती खाली गर्न सुरु

कच्चा तेलको मूल्य चार वर्षयताकै उच्च

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १८ जना पक्राउ

केरवानी खानेपानीको अध्यक्षमा दिपक पौडेल निर्वाचित

नक्कली जग्गाधनी खडा गरी नामसारी: ७ जनाविरुद्ध अख्तियारको मुद्दा