अर्थतन्त्र

स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित दुई भारतीय नागरिकलाई पक्राउ

कैलाली प्रहरीले स्रोत नखुलेको २८ लाख ३४० नेपाली रुपियाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको कमाण्डमा खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका –३ मिलनचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको लखिमपुर खिरीस्थित पलियाका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता छन् । उनीहरु […]

रुपन्देहीका उद्योगको विद्युत् लाइन काटिएपछि उद्योगी र मजदुर आन्दोलनमा

नेपाल विद्युत् प्राधिकरणले रुपन्देहीका १३ उद्योगमा बिजुली आपूर्ति बन्द गरेपछि उद्योगी र मजदुर आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणले लामो समयदेखि बक्यौता रकम नतिरेका उद्योगको विद्युत् लाइन काटिएको जनाएको छ । उद्योगीले भने प्राधिकरणको कदम एकतर्फी र अव्यावहारिक भन्दै विरोध गरेका छन् । आन्दोलनमा सहभागी मजदुरले पनि उद्योग बन्द हुँदा रोजगारी संकट गहिरिने बताएका छन् । […]

सशस्त्र प्रहरीले गर्‍यो अन्नपूर्ण बेसक्याम्पबाट १६२ जनाको उद्धार

सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेसक्याम्पबाट आज ९कात्तिक १३० बिहानसम्म १६२ जनाको उद्धार गरेको छ । अन्नपूर्ण बेसक्याम्पमा अब कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।“सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेसक्याम्पमा हिउँपहिरो आइरहेको छ,” उनले भने । सशस्त्र प्रहरीको टोली मंगलबार (कात्तिक ११) […]

६२ अंक बढ्यो सेयर बजार, नेप्से परिसूचक २५७१ अंकमा

Nepseमंगलबार सेयर बजार ६२.२९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ । कारोबार खुलेको केही मिनेट बजार रातो देखिए पनि १० मिनेटपछि दिनभर हरियो रह्यो । कारोबार रकममा पनि उच्च वृद्धि भएको छ । अघिल्लो दिन आइतबार जम्मा २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको […]

सुनको भाउ तोलामा ११ हजार बढीले घट्यो

तिहारपछि नेपाली बजारमा सुनको भाउ तोलामा ११ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । तिहारअघि कात्तिक ३ गते सुनको भाउ प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो । तिहारपछि नेपालमा पहिलो पटक आइतबार […]

आज देखि भैरहवामा पुन: उडान शुरू गर्दै थाइ एयर एशिया

थाइ एयर एशियाले आज आइतबार देखि भैरहवामा पुन: उडान शुरू गर्ने भएको छ । आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक-भैरहवा-बैंकक उडान हुन लागेको हो । थाइ एयर एशियाको जहाज आइतबार दिउँसो सवा १२ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ । सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने तालिका रहेको विमानस्थलका […]

जेनजी आन्दोलनमा बानेश्वरको बैंक लुटेर बुलेट बाइक खरिद

जेनजी आन्दोलनमा नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंक लुटपाट गरेर बुलेट मोटरसाइकल खरिद गरेको खुलेको छ । बैंक लुटपाट आरोपमा समातिएका दोलखाका २७ वर्षीय दीपक श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा लुटेको रकमले बुलेट मोटरसाइकल खरिद गरेको खुलेको हो । जुन कुरा श्रेष्ठले प्रहरी समक्षको बयानमा स्वीकारसमेत गरेका छन् । बैंकबाट आफूले २ लाख ५० हजार मात्रै लगेको […]

लुम्बिनी लायन्सको नयाँ जर्सी सार्वजनिक

लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । पाल्पाली ढाकाको ढाँचा समेत प्रयोग गरी बनाइएको जर्सीलाई लुम्बिनीको पहिरनको रूपमा चिनाउने लुम्बिनीको लक्ष्य छ । जर्सीमा प्रत्येक धागोमा हाम्रो कथा, पहिचान र एकता बनेको लुम्बिनीले जनाएको छ । गर्दनको भागमा रहेको रहेको सुनौलो रङ्गले सांस्कृतिक धरोहरहरू को गजुरलाई  […]

थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत पुष्पलाल ९मध्यपहाडी० राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं,इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् । […]

जेनजी आन्दोलनमा प्रहरी हत्या, आगजनी र तोडफोडमा संलग्नमध्ये ४ जना पुर्पक्षका लागि थुनामा

भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा विभिन्न किसिमका अपद्रव तथा आपराधिक गतिविधिमा संलग्नमध्ये ४ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । १२ जनामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमै राखेर अनुसन्धान चलिरहँदा पक्राउ परेका ८२ जना हाजिर जमानीमा छुटेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्यामा संलग्न […]