स्वास्थ

यलुङ रि हिमालबाट ६ जनाको हेलिकप्टरद्धारा उद्धार

रोल्वालिङ हिम क्षेत्रको यलुङ रि हिमाल आरोहणमा गएकाहरू हिम पहिरोमा परेकाहरूको हेलिकप्टरबाट उद्धार गरिएको छ । नेपाली आरोही लाक्पा तामाङ र सुन बहादुर गुरुङलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा लगिएको छ। त्यस्तै दुई विदेशीलाई पनि हेलिकप्टरबाट उपचारका लागि काठमाडौँको इरा इन्टरनेशनल अस्पतालमा लगिएको छ। बेपत्ता अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

अर्घाखाचीमा मोटर साईकल दुर्घटनामा परि २ जनाको मृत्यु, १ जना घाईते

अर्घाखाँचीको दुर्गाफाटमा मोटरसाईकल दुर्घटनामा परि २ को मृत्यु भएको छ भने एकजना घाइते भएका छन । प्रहरी चौकी खिदिमका अनुसार सोमवार साझ करिव ८ बजेको समयमा पाणीनी गाउपालिका–३ दुर्घाफाटमा निगाली बाट दुर्घाफाट तर्फ आउदै गरेको ना ३६ प ३५०९ नंम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन […]

अराजक र भड्काउ अभिव्यक्ति दिएका निकोलस भुसाल प्रहरीको निगरानीमा

अराजक र हिंसा भड्काउ अभिव्यक्ति दिएपछि डा. निकोलश भुसाललाई प्रहरीले निगरानीमा राखेको छ । हालकी प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिँदै भुसालले हिंसात्मक अभिव्यक्ति दिएका थिए । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरुद्ध पनि अराजक अभिव्यक्ति दिएका छन् । भुसालले शनिवार सम्वाद […]

तिलिचो बेसक्याम्पमा फसेका ११ जना पर्यटक लाई एपीएफले उद्धार गर्‍यो

उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकहरूलाई सशस्त्र प्रहरी बल को माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले सफलतापूर्वक उद्धार गरेको छ। उद्धार गरिएका पर्यटकहरूमा एकजना खुट्टामा चोट लागेका व्यक्ति, एकजना ९ वर्षीय बालक, एकजना महिला बिरामी र अन्य सामान्य अवस्थाका व्यक्ति रहेका […]

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याल्न नदिएपछि काठमाडौं महानगरले घरमै राख्न भन्यो

बञ्चरेडाँडामा स्थानीयले फोहोर फ्याल्न नदिएपछि काठमाडौं महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तबरले राख्न आग्रह गरेको हो । महानगरपालिकाले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्काशन हुने फोहरमैला […]

सशस्त्र प्रहरीले गर्‍यो अन्नपूर्ण बेसक्याम्पबाट १६२ जनाको उद्धार

सशस्त्र प्रहरी बलले म्याग्दीको अन्नपूर्ण बेसक्याम्पबाट आज ९कात्तिक १३० बिहानसम्म १६२ जनाको उद्धार गरेको छ । अन्नपूर्ण बेसक्याम्पमा अब कोही पनि आन्तरिक तथा बाह्य पर्यटक नरहेका सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।“सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ भने अन्नपूर्ण बेसक्याम्पमा हिउँपहिरो आइरहेको छ,” उनले भने । सशस्त्र प्रहरीको टोली मंगलबार (कात्तिक ११) […]

काठमाडौंबाट धनगढी जाँदै गरेको कपिलवस्तुमा दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते

कपिलवस्तुको शिवराज नगरपालिका स्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ८५ ०६ नं.को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार […]

देवदहमा रजोनिवृत्ति सम्बन्धी सचेतनामूलक कार्यक्रम

देवदह, रुपन्देही । बिउझिएका नेपाली गाउँले महिला सञ्जाल देवदह, रुपन्देहीको आयोजनामा रजोनिवृत्ति सम्बन्धी दुई दिने सचेतनामूलक कार्यक्रम सुरु भएको छ। कार्यक्रम सञ्जालकी अध्यक्ष श्री सिमा चौधरीज्यूको अध्यक्षतामा,देवदह नगरपालिका नगर उपप्रमुख श्री विद्या लक्ष्मी गुरुङज्यको प्रमुख आतिथ्यता र  वडा नं. १ का अध्यक्ष दिपक  नेपालको विशिष्ट अतिथिमा भएको हो। कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख गुरुङले महिलाको […]

हिमपातमा फसेका १५०० जनाको उद्धार

हिमपातमा फसेका १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ । मनाङको तिलिचो, खाङ्गसार, पिसाङ्ग, अप्पर मनाङ तथा हुम्दे इलाकामा फसेका नागरिकहरुको सेनाले उद्धार गरेको हो । भारी हिमपात परेपछि फसेका २ सय विदेशी पयर्टकसहित १५ सयको उद्धार गरिएको सैनिक मुख्यालयले बताएको छ मनाङस्थित नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको टोलीका साथै प्रहरी र सशस्त्र […]

रेस्क्युका लागि लोबुचे हिमाल पुगेको हेलिकोप्टर दुर्घटना

रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा परेको छ । अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए ।  खड्काको अवस्था सामान्य रहेको बताइएको छ । “रेस्क्युको लागि गएको थियो,” कम्पनीका एक उच्च अधिकारीले भने, “मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान छ ।” दुर्घटना बिहान ७:५० बजेतिर भएको थियो […]