'काठमाडौंबाट धनगढी जाँदै गरेको कपिलवस्तुमा दुर्घटना, एक जनाको मृत्यु, पाँच जना घाइते'

६ महिना अगाडि

कपिलवस्तुको शिवराज नगरपालिका स्थित पूर्व–पश्चिम राजमार्गमा बिहीबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ८५ ०६ नं.को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । सो क्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिएको र बसमा सवार यात्रुहरू घाइते भएका हुन् ।

दुर्घटनामा परेका अन्दाजी ५०/५५ वर्षका पैदल यात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बसका घाइते यात्रुहरूलाई चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख सन्तोष घिमिरेले बताए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सङ्खुवासभाको च्याङरीङ विद्यालयमा प्रधानाध्यापक र शिक्षकबीच कार्यकक्षमै हातपात

कैलालीमा युवतीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

सुनकोशी नदीमा बेपत्ता शमशेर राई पाँच दिनपछि मृत फेला

शौचालय जाँदा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु

बँदेलको आक्रमणबाट एक युवकको मृत्यु

काठमाडौंबाट पोखरा जाँदै गरेको ईभी माइक्रो धादिङमा दुर्घटना

सरकारी ठेक्कामा ‘डकुमेन्ट’ हेरफेर गरेको आरोपमा दुई जना पक्राउ

कर्णाली करिडोरमा डोजर दुर्घटना: दुई सुरक्षित, एक अझै बेपत्ता