मौसम

आज पहाडी भेगमा वर्षा र चट्याङसहित हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव र साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा […]

जाडोले कठाँग्रिएर रुपन्देहीमा एक युवकको मृत्यु

बुटवल । रुपन्देहीमा कठ्याङ्ग्रिदो चिसोले एक जनाको मृत्यु भएको छ । जाडोले कठाँग्रिएर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ८ दीपनगरमा एक जना युवकको मृत्यु भएको हाे । मृत्यु हुनेमा तिलोत्तमा ८ दीपनगर स्थाई बसोबास गर्दै आएका बर्ष २८ का विष्णु खराल रहेका छन । खराललाई आज बिहान स्थानीय गाउँलेहरुले घर बाहिर लडिरहेको अवस्थामा देखेपछि तुरुन्त […]

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना

हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जस कारण देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका केही भागमा भने हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली देखि मौसम सफा रहने सम्भावना […]

बाढीपहिराेले भएकाे क्षतिप्रति पाकिस्तानी प्रधानमन्त्रीले भने आवश्यक सहयोग गर्न तयार छु

पाकिस्तानी प्रधानमन्त्री शेहनबाज सरिफले नेपालमा पछिल्लो वर्षातले गरेको विनाश र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट  गरेका छन् । सरिफले २ वर्षअघि आफ्नो देशले यस्तै बाढीबाट […]

बाढी, पहिरो र डुबानमा परी १९२ काे ज्यान गयाे, ३० जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपद्मा एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।   बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब […]

आज र भोलि ३४ जिल्लामा रात्रिबस नचलाउन गृहकाे आग्रह

काठमाडौं । मंगलबार र बुधबार भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भन्दै नेपालका ५  प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज विशेष सूचना जारी गरेर अति भारी वर्षाका कारण विपदका घटना हुनसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेकाे छ। […]

आज देशैभरी वर्षा हुने

बुटवल । अहिले मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानामा समेत वर्षा भइरहेको छ । आज दिउँसो पनि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा […]

अबको तीन दिनसम्म केही नदी र खोलामा बाढी आउने; सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाकाे आग्रह

काठमाण्डौ । अबको तीन दिनसम्म देशका मुख्य नदी र खोलामा बाढीको जोखिम भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार कोशी, नारायणी, कर्णाली र यसका प्रमुख सहायक नदीका साथै बागमती, महाकली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा बाढीको जोखिम छ । आज इलाम, झापा, मोरङ, लमजुङ, कास्की, पाल्पा, […]

शुक्रबारदेखि मनसुन थप सक्रिय हुने हुदा विपतकाे जाेखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबारदेखि मनसुन थप सक्रिय हुने जनाएको छ । आज साँझ मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले वर्षा बढ्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन भनेको छ । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहने देखिएकाले आगामी […]

केही ठाउँमा हावाहुरीसहित पानी पर्ने उच्च सम्भावना

बुटवल । आज दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरुमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी प्रदेशका थोरै ठाउँहरुमा तथा बाँकी […]