गण्डकी प्रदेश

पिएम कप कृकेट: राेहितले आर्मी छाेडे, सन्दीप नहुदा बाग्मतीकाे कप्तानी रित गाैतमले गर्ने

युवा ब्याट्सम्यान रित गौतमको कप्तानीमा बागमती प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेल्ने टोली घोषणा गरेको छ । रितले सिनियर स्तरमा पहिलो पटक नेतृत्व गर्नेछन् । नेपालको यू-१९ पछि उनले कप्तानी गरेका छैनन् । रित नेपालबाट यू-१६ र यू-१९ दुबैमा शतक हान्ने एक्लो खेलाडी हुन् । बागमतीको टोलीमा रित गौतम (कप्तान), आशुतोष घिरैया, ईशान पाण्डे, […]

ठगी गरेकाे आरोपमा वडा सदस्य दीपेन्द्र पहारी सहित चार जना पक्राउ

पाेखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य दीपेन्द्र पहारी सहित ठगीको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ गरेको छ । वडा नम्बर ६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरेबापत विभिन्न प्रकारले धम्क्याउँदै रकम लिएको र फोटोग्राफी गर्नेहरुको नाउँमा व्यवसाय दर्ता नगरी ठगी गरेको उजुरीका आधारमा पक्राउ गरेको हो । त्यसैका आधारमा उनीहरुलाई पक्राउ […]

पहिराेका कारण स्याङ्जा वालिङका पाँच घर परिवार विस्थापित

स्याङ्जा । अविरल वर्षासँगै आएको पहिरोका कारण स्याङ्जाको वालिङका पाँच घर परिवार विस्थापित भएका छन् । वालिङ नगरपालिका–८ मियाले टोलमा वस्दै आएका पाँच दलित परिवार विस्थापित भएका हुन् । स्थानीय हरि परियार, विवेक परियार र विक्रम परियारको घर पहिरोसँगै भत्कने अवस्थामा पुगेको छ । यस्तै स्थानीय विष्णु र टीकामाया दर्जीको घर पुरिने अवस्थामा रहेको वालिङ नगरपालिकाले जनाएको […]

बल बहादुरको जाँगर- जसलाई विदेशको दुःखले गाउँमा उद्यमी बनायो

ढोरपाटन (बागलुङ) । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका-२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै भविष्य देखेर व्यावसायिक बाख्रापालनमा व्यस्त छन् । उनी झण्डै १० वर्ष विदेशमा पसिना बगाएर घर फर्किएका हुन् । बलबहादुर भन्छन्, ‘जीवनको ऊर्जाशील समय विदेशमा […]

गण्डकीको लोक तथा दोहोरी गीत प्रतिष्ठान अध्यक्षमा राजन कार्की चयन

काठमाडौँ// राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको अध्यक्षमा राजन कार्की चयन हुनुभएको छ । प्रतिष्ठानको दोस्रो अधिवेशनमा कार्की पूर्ण परियारलाई पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो। अधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारी र महिला उपाध्यक्षमा मञ्जु विक चयन हुनुभएको छ। त्यस्तै सचिवमा रामजी पौडेल र […]

चालु खर्च घटाउनु सुशासन र विकासको अनिवार्य सर्त: मुख्यमन्त्री अधिकारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अनावश्यक चालु खर्च घटाइ पुँजीगततर्फ विनियोजित बजेट खर्च बढाउन मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरूबाट प्रस्तुत मन्त्रालयगत बिफ्रिङमा उहाँले पुँजीगत खर्च बढाउने र चालु खर्च घटाउने विषय वित्तीय सुशासन र विकासको अनिवार्य सर्त भएको बताउनुभयो । मुख्यमन्त्री अधिकारीले सुशासन कायम गर्ने […]

गण्डकी प्रदेशको उपसभामुखमा एमालेकी विनाकुमारी थापा निर्वाचित

पोखरा, गण्डकी प्रदेशसभाको उपसभामुख पदमा नेकपा एमालेकी विनाकुमारी थापा निर्वाचित भएकी छन। प्रदेश सभाको दोश्रो कार्यकालका लागि भएको निर्वाचनमा थापाले ३२ मत सहित उप सभामुख पदमा जित पक्का गरेकी हुन। प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको मत बिभाजनमा थापाको पक्षमा ३२ मत प्राप्त भएको छ भने विपक्षमा २६ मत प्राप्त झरेको थियो । थापालाई […]

पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’ को जिम्मा नेपाल एयरलाइन्सलाई नदिने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा सोझै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स एयरलाइन्स) लाई नदिने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखराको ग्राउन्ड ह्यान्डिलिङ आफैंले गर्ने बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङ सेवा वायुसेवा निगमले दिइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अहिलेसम्म निगमले नै यो काम गरिररहेको छ ।   अब […]

‘तिन अटेरी दारीवाला, एक भिजन, नगर विकास’, -चर्चामा स्वतन्त्र उम्मेदवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले लौरो चुनाव चिह्न पाएका छन् बनेपा नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका राजानन्द माडव्यले चुनाव चिह्न धारा पाएका छन । आफूहरु लाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखराका पौडेल र बनेपा का माण्डव्य लाई निर्वाचन अधिकृतको […]

पोखराको काङ्ग्रेसमा कार्कीको बागी उम्मेदवारी कायमै, सापकोटा र तिवारी पछि हटे

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका तीन जनामध्ये एक जनाले उम्मेदवारी कायम राखेका छन् । बागी उम्मेदवारी दिएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिए भने विमल कार्कीले भने उम्मेदवारी कायम राखेका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिने समय शुक्रबार अपरान्ह ५ बजेसम्मको लागि तोकेको थियो । अहिले पोखरा […]