'पोखरा विमानस्थलको ‘ग्राउन्ड ह्यान्डिलिङ’ को जिम्मा नेपाल एयरलाइन्सलाई नदिने'

३ वर्ष अगाडि

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डिलिङ सेवा सोझै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स एयरलाइन्स) लाई नदिने भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले पोखराको ग्राउन्ड ह्यान्डिलिङ आफैंले गर्ने बताएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डिलिङ सेवा वायुसेवा निगमले दिइरहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अहिलेसम्म निगमले नै यो काम गरिररहेको छ ।

 

अब पोखरा विमानस्थल चलाउने तयारी हुँदै गर्दा प्राधिकरणले फरक किसिमबाट अघि बढ्ने बताएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार ग्राउन्ड हृयान्डिलिङका धेरै विवाद भएसँगै अब प्राधिकरण आफैंले यस्तो सेवा चलाउने निर्णय भएको हो । ‘यो प्राधिकरण आफैंले चलाउँछ, वा प्रतिस्पर्धामा निर्णय हुन्छ,’ उनले भने ।

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रतिस्पर्धाका आधारमा यस्तो सेवा दिनेबारे निर्णय हुने उनले जानकारी दिए । महानिर्देशक अधिकारीका अनुसार भैरहवामा समेत प्रतिस्पर्धाका आधारमा मात्र यसबारे निर्णय हुनेछ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा सुन चोरी गर्ने दुईजना पाकिस्तानी महिला कपिलवस्तुबाट पक्राउ

देवदहमा छात्रवृत्ति व्यवस्थापन समिति गठन, वितरण प्रक्रिया र परीक्षा मिति तय

सुनको मूल्य पुनः तीन लाख माथि पुग्यो

प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने

देवदह नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन: नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य

आयल निगमलाई १५ दिनमा ७ अर्ब ८१ करोड घाटा

प्रधानमन्त्री कपमा आसिफ शेखको दोहोरो शतकको कीर्तिमानी

ललितपुरमा दाजुभाई मारेर हतियारसहित भागेका अपराधी पक्रिने प्रहरी जवान पुरस्कृत