पल शाहविरुद्ध अदालतमा ११७ प्रमाण सहित मुद्धा दायर

बिज्ञापन

तनहुँ । अभिनेता पूर्णविक्रम शाहविरुद्ध सरकारी वकिल कार्यालय तनहुँले ११७ वटा प्रमाण र बयानहरू सहितको कागजात पेश गरेर मुद्दा दायर गरेको छ ।

बिज्ञापन

विभिन्न खामबन्दी प्रमाण, मुचुल्का, बयानलगायतको ११७ वटा प्रमाण पेश गर्दै मुद्दा दर्ता गरिएको हो ।

अदालतमा २ जना गवाह र १६ जना साक्षी देख्ने, सुन्नेसहित शाहको वास्तविक नाम भएको गोप्य बन्दी खाम, पीडितले दिएको बयानको अडियो भिडियोको डीभीडी, पीडितको स्वास्थ्य जाँच, शाहको स्वास्थ्य जाँच, घटनाको मुचुल्का, घटनाको प्रारम्भिक प्रतिवेदन, प्रतिवादीको फोटो फ्रिन्ट, सीडीआर विवरण, पत्रपत्रिका आएका खबरहरूको प्रिन्ट कपी, पूर्णविक्रम शाहको लाइसेन्सको फोटोकपीसमेत पेश गरिएको छ ।

बिज्ञापन

यस्तै ८ पानाको पल शाहको स्वास्थ्य परीक्षण, दुर्गेश भन्ने दुर्गाबहादुर थापाको ८ पानाको बयान, जीवन चौलागाईको ४ पानाको बयान, प्रहरी प्रधान कार्यालयबाट डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट, सरोज वली भन्ने पुण्यप्रसाद ओलीको घटना विवरण, फेसबुक परीक्षणलाई लेखेको पत्र, इलाका प्रहरी कार्यालय गैँडाकोटको पत्र, मालपोत कार्यालय कलंकीको पत्रलगायतका प्रमाण पनि अदालतमा पेश गरिएको छ ।

सरकारी वकिल कार्यालयले दुई जना गवाह र १६ जना देख्ने र सुन्नेको बयानसहित उनीहरूको नामसमेत पठाएको छ ।

गवाहमा स्वयम् पीडित बालिका र अर्को एक परिवर्तित नाम पठाइएको छ ।

देख्ने र सुन्नेमा स–कुमारी, प्रदीप थापा, गंगा थापा, जीवन चौलागाईँ, दुर्गाबहादुर थापा, कमल खत्री, अर्जुन थापा, क्षेत्रबहादुर थापा, विष्णु थापा, सरोज ओली, योगेश शाह, रन्जत गुरुङ, दुर्गा अधिकारी, पानबहादुर जिसी, विष्णुप्रसाद अधिकारी र सीता आचार्य रहेका छन् ।

मुद्दामा पीडित बालिकाको यौनजन्य शारीरिक परीक्षण रिपोर्ट, पीडितले घटनामा खुलाएका, कार्यालयबाट लिइएको अडियो र भिडियो लगायतका प्रमाणहरू रहेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित खवर

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

माघे संक्रान्ति विशेष: लुम्बिनी प्रदेशद्वारा सांस्कृतिक संरक्षणमा योगदान

आज हिमाली भागमा हिमपात संगै पहाडी भेगमा पानी पर्ने सम्भावना

माघे संक्रान्तिमा मगर संस्कृतिको संरक्षण र समृद्धिमा जोड

माघे संक्रान्तिमा मुख्यमन्त्री आचार्यको शुभकामना सन्देश

प्रथम छात्र/छात्रा ईप्सा भलिवल कप: दुवै तर्फको उपाधी बुद्ध पब्लिकलाई

देवदह १२ का महिलाहरुलाई बाटेको धुप बनाउने तालिम

तेस्रो संगम कप भलिबलको उपाधी कालीगण्डकी स्याङ्जालाई