'यी हुन प्रदेश नं.१ मन्त्री परिषद बैठकका चार निर्णय'

४ वर्ष अगाडि

विराटनगर। प्रदेश नंं.१ को मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।आज मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार वटा विषयमा निर्णयहरू गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार, बैठकले प्रदेश मन्त्रालय र यसअन्तर्गतका निकायहरूको संगठन संरचना एवं दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने, प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान नियमावली– २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन गर्न बनेको विधेयक, २०७८ तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

२५ वर्ष कैद सजाय सुनाइएका हत्याका दोषी फरारपछि पक्राउ

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठक: सचिव नियुक्तिदेखि कार्यविधि स्वीकृतिसम्म निर्णयहरू

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना, पाँच जना घाइते

सिरहाको बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध आन्दोलन, हुलाकी मार्ग अवरुद्ध

दोस्रो चरणमा १७ लाख स्मार्ट लाइसेन्स छपाइ सुरु, असारभित्र सक्ने लक्ष्य

जुम्लामा वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ