पातारासी गाउँपालिका–५ का वडाध्यक्ष दत्तबहादुर बुढा जबरजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पीडित महिलाले उजुरी दिएपछि पक्राउ पुर्जीका आधारमा बुधबार बुढालाई नियन्त्रणमा लिइएको हो ।
घटनाबारे थप अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद समेत थप गरिएको प्रहरीले जनाएको छ ।
जुम्लाका प्रहरी नायब उपरीक्षक रबिनबाबु रेग्मीले पीडित महिलाले वडाध्यक्ष बुढाले पटक–पटक धम्की दिँदै जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।
मंगलबार राति उजुरी परेपछि प्रहरीले कानूनी प्रक्रिया अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0