'स्वास्थ्य क्षेत्रमा ९७७ नयाँ स्थायी दरबन्दी थपिने, अर्थ मन्त्रालयबाट स्वीकृति'

२ दिन अगाडि

स्वास्थ्य क्षेत्रमा ९७७ स्थायी दरबन्दी थप गर्ने प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ ।

स्वास्थ्य मन्त्री निशा महेताको सचिवालयका अनुसार ९७७ नयाँ स्थायी प्राविधिक तथा विशेषज्ञको दरबन्दी थप्ने प्रस्ताव अर्थ मन्त्रालयबाट बुधबार स्वीकृत भएको हो ।

‘स्वास्थ्य मन्त्रालयले लगेका दरबन्दीको प्रस्तावलाई बुधबार अर्थ मन्त्रालयले स्वीकृति दिएको छ,’ एक सचिवालय सदस्यले भने, ‘ अहिले स्वास्थ्यमा अति आवश्यक जनशक्तिको दरबन्दी थप गर्न लागेका हौं ।’

उक्त प्रस्ताव अब मन्त्रिपरिषद्‍बाट पास गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद्को निर्णयबाट दरबन्दी थप गर्ने निर्णय हुनेछ ।

स्वास्थ्य क्षेत्रमा तीन दशकयता दरबन्दी थप भएको थिएन । पूर्व स्वास्थ्यमन्त्रीले पटकपटक दरबन्दी थप गर्न खोज्दा सरकारले अनुमति दिएको थिएन ।

स्वास्थ्य क्षेत्रका कर्मचारी संगठन र विज्ञहरूले समेत दशकौँदेखि उठाउँदै आएका थिए ।

देशको जनसंख्या तीन करोड पुगेपनि स्थायी दरबन्दी संरचना पुरानै ढाँचामा सीमित रहँदा अस्पताल, स्वास्थ्य संस्था र विशेषज्ञ सेवामा जनशक्ति अभाव थियो।

नयाँ दरबन्दी हुँदा संघीय संरचना अनुसार स्वास्थ्य सेवा व्यवस्थापनलाई थप प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बुटवलमा आजदेखि तीनदिने मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन

नवलपुरमा टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त

जेनजी आन्दोलनमा हराएको २५५ राउन्ड गोली फेला

कम्बोडियाबाट स्वदेश फर्किन २११ नेपाली दूतावासको सम्पर्कमा

एमालेले राष्ट्रियसभा सचेतकमा रोशनी मेचेलाई चयन गर्‍यो

सरकारले १५ अवैतनिक दूतलाई पदमुक्त गर्‍यो

अध्यादेश र प्रधानन्यायाधीश नियुक्तिप्रति हर्क साम्पाङको कडा आपत्ति